कोरोनाबाट मृत्यु भएका परिवारलाई वालिङको २५ हजार सहयोग

स्याङ्जा ।  वालिङ नगरपालिकाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएकाको परिवारलाई नगद २५ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ। पालिकाले काजकिरिया खर्चका लागि केही राहत दिने उद्देश्यले सो रकम उपलब्ध गराइएको नगर प्रमुख दिलीपप्रताप खाँणले जनाए। कोरोना कारण परिवारका सदस्य गुमाएका व्यक्तिका आश्रित पारिवारलाई नगरपालिकाले रकम दिएको हो।

फाइल फोटो

नगरपालिकाले बनाएको विपद व्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७७ अनुसार राहत वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले बताए। उनका अनुसार, अहिलेसम्म ४९ जनाले राहत नगद लगेका छन्।अब प्रक्रियामा ६० भन्दा बढी छन्।  पालिकाले अहिलेसम्म १२ लाख २५ हजार रुपैयाँ पीडित परिवारलाई उपलब्ध गराएको जनाएको छ। राहत रकम प्राप्तिका लागि कोभिड १९ का कारण मृत्यु भएको अस्पतालले उपलब्ध गराएको प्रमाण, सम्बन्धित वडाको मृत्यु दर्ताको प्रमाण तथा सिफारिससहित नगरपालिका कार्यालयमा निवेदन दिएपछि रकम उपलब्ध गराइने पालिकाले जनाएको छ।

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago