स्थायी राजधानी जनकपुर भएपछि मुख्यमन्त्री राउतको पुत्ला दहन

वीरगन्ज ।वीरगन्जलाई प्रदेश २ को स्थायी राजधानी नबनाएको भन्दै विरोध प्रदर्शन गरिएको छ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का युवा नेताहरुले सोमबार साँझ प्रदर्शन गरेका हुन्।

फाईल फोटो

घण्टाघर चोकमा उनीहरुले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको पुत्ला पनि जलाएका छन्। सोमबार अपरान्ह प्रदेश सभामा भएको मतदानमा दुई तिहाइ मतले स्थायी राजधानी जनकपुर कायम भएको थियो।

स्थायी राजधानी कायम भएपछि यसअघि वीरगन्जलाई राजधानी बनाउनुपर्ने माग गर्दे आन्दोलन गर्दै आइरहेकाहरुले सडकमै आक्रोश पोखेका हुन्।

मुख्यमन्त्री राउत वीरगन्जकै बासिन्दा रहेको र वीरगन्जबाटै प्रदेश सांसद निर्वाचित भएर मुख्यमन्त्री बने पनि राजधानी वीरगन्ज बनाउन पहल नगरेको भन्दै युवाहरुले उनको पुत्ला दहन गरेका हुन्।

त्यसक्रममा उनीहरुले मुख्यमन्त्री र प्रदेश सांसदहरुविरुद्ध नाराबाजी पनि गरेका थिए। उनीहरुले मुख्यमन्त्री राउतको राजीनमा पनि माग गरेका थिए।  

प्रदर्शनको अगुवाइ गरेका लोसपाका जिल्ला उपाध्यक्ष सुजित गिरीले मुख्यमन्त्री राउत वीरगन्जकै भएर पनि वीगन्जसँग गद्धारी गरेको बताए।

‘मुख्यमन्त्रीसहित पर्सा र बाराबाट जितेका केही प्रदेश सांसदले पनि वीरगन्जसँग गद्धारी गरेका छन्, उनीहरुविरुद्ध हामी मंगलबारदेखि अझ सशक्त आन्दोलन गर्छौं,’ उनले भने। जनकपुर राजधानी आफूहरुलाई कुनै पनि हालतमा मान्य नहुने भन्दै गिरीले भने, ‘राजधानीकै विषयलाई लिएर प्रदेश २ टुक्रिनसक्ने अवस्था पनि आउँदैछ। अब हामी त्यही दिशामा अगाडि बढ्छौं। 

जनकपुर स्थायी राजधानी कायम भएपछि वीरगन्ज र पर्साका प्रदेश सांसदहरु र यहाका राजनीतिक दलका नेताहरुले पनि आक्रोश व्यक्त गरेका छन्। वीरगन्जलाई राजधानी बनाउन प्रदेशसभामा प्रस्ताव दर्ता गराएका पर्सा क्षेत्र नम्बर २ को ख का प्रदेशसांसद राजेश्वर प्रसाद साह तेलीले वीरगन्जसँग धोखा गरिएको प्रतिक्रिया गरे। राजधानीका लागि जनकपुरभन्दा वीरगन्ज हरेक दृष्टिले उपयुक्त भए पनि दुई तिहाइको आडमा जनकपुरलाई राजधानी बनाइएको उनले बताए।

‘यसमा वीरगन्जलाई मधेस आन्दोलनको केन्द्र बनाएर वीरगन्जलाई वर्वाद गरेका मधेसी दलका नेताहरु पनि जिम्मेवार छन्। अब जनताले उनीहरुसँग हिसाब किताब लिने नै छन्,’ साहले भने।

पर्साकै प्रदेश सांसद एंव जनता समाजवादी पार्टीकी नेतृ करिमा बेगमले पनि जनकपुर राजधानी मान्य नभएको बताइन्। उनले भनिन्, ‘वीरगन्जका जनता जनकपुरलाई राजधानी मान्न तयार छैनन्, बरु पर्सा, बारा जिल्लालाई बागमती प्रदेशमा मिसाएर हेटौडालाई राजधानी स्वीकार्न तयार छन्। अब जनताको भावना अनुसार हामी पनि अगाडि बढ्छौं,’ उनले भनिन्।  

नेपाली कांग्रेस वीरगन्ज महानगरका सभापति भोला प्रसाद कलवारले पनि जनकपुर राजधानी बनाएर वीरगन्जसँग मधेसी दलले धोखा दिएको आरोप लगाए। उनले भने, ‘प्रदेशसभाले दुई तिहाइले जनकपुर राजधानी कायम गरे पनि हामी मान्दैनौं, वीरगन्जकै पक्षमा हामी आन्दोलन चर्काउछौं, आन्दोलनले नै वीरगन्ज राजधानी कायम गराउँछ, नभए हामी बागमती प्रदेशमा गएर मिसिन्छौं,’ उनले भने।

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago