त्रिभुवन आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्वर्ण पदक जिते

काठमाडौं: करातेको काता विधाबाट विभागीय त्रिभुवन आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्वर्ण पदक जितेका छन् । पर्वत सदरमुकाम कुश्माको बडागाउँस्थीत सेमी कभर्डहलमा जारी पहिलो दिन महिला काता समूहको फाइनलमा प्रदेश १ लाई आर्मीले पराजित गर्दै स्वर्ण पदक जितेको हो । वाग्मतीले रजत र नेपाल पुलिसले कास्य पदक जितेका छन् ।

पुरुषतर्फ भएको एकल कातामा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले वाग्मती प्रदेशलाई हराउँदै स्वर्ण पदक जितेको हो । एपीएफका तर्फबाट स्वर्णिम मानन्धरले वाग्मतीका रेहन जावेदलाई पराजित गर्दै स्वर्ण पदक दिलाउन सफल भए । वाग्मतीले रजतमा चित्त बुझाउँदा नेपाल पुलिसका महसुस तामाङ र प्रदेश १ का आशिष मगरले कांस्य पदक जिते । एकल कातामा भने नेपाल पुलिस सफल भएको छ । नेपाल पुलिसकी चञ्चला कुँवरले आर्मीकी संगीता मगरलाई पराजित गरिन् । कर्णालीकी एलिसा रसकोटीमगर र सुदूरपश्चिम प्रदेशका वर्षा राउतले कांस्य पदक जिते ।

शनिबार हुने भनिएको पुरुष समूह कातातर्फको फाइनल खेल भने समय अभावका कारण आइतबारका लागि सारिएको कराँतेका मुख्य सहायक प्रशिक्षक तथा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका सदस्य दीपक श्रेष्ठले बताए । पर्वतमा करातेतर्फ महिला र पुरुषका काता र विभिन्न तौल समूह गरी जम्मा १९ वटा इभेन्टमा खेल हुनेछन् । ती इभेन्टमा ३२ स्वर्ण, ३२ रजत र ६४ वटा कांस्य पदक गरी कुल १ सय २८ पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago