युरोपेली खरिदकर्ताहरू बगान चहार्दै

काठमाडौं: नेपाली चिया खरिद गर्न युरोपका ठूला आयाकर्ताहरूबीच प्रतिस्पर्धा देखिएको छ । यो प्रतिस्पर्धालाई उपयोग गर्नसकेमा नेपालको चियाले अन्तर्राष्ट्रिय बजारमा महत्वपूर्ण हिस्सा ओगट्न सक्ने देखिएको छ ।

जर्मनीका चिया व्यवसायीहरूको एक टोली आइपुगेलगत्तै अहिले चेक गणतन्त्रका चिया व्यापारीहरूको टोली नेपाल भ्रमणको क्रममा छ भने बुधवार बेलायती चिया व्यापारीहरूको टोली आउँदै छ । त्यस्तै अप्रिलको अन्तिम साता जर्मनीमा हुने विश्व चिया सम्मेलनमा नेपाली व्यवसायी सहभागी हुने भएका छन् । नेपालमा आएका चिया व्यापारीहरू हिमाली क्षेत्रमा रहेका चिया बगानहरू डुल्दा निकै प्रभावित हुने र तत्कालै चिया खरिद सम्झौता गर्न उत्साहित हुने गरेको व्यवसायीहरू बताउँछन् ।

हिमाली क्षेत्रमा पूर्ण रूपमा अर्गानिक प्रविधिबाट उत्पादन हुने चियापत्तीमा युरोपिनहरू बढी आकर्षित भएको व्यवसायीहरू बतउँछन् । ‘हामीलाई बजारको समस्या छैन, सरकारले अलिकति सहयोग गर्ने हो भने अन्तर्राष्ट्रिय बजारमा ठूलो हिस्सा ओगट्न सकिन्छ,’ गोर्खा टी इस्टेट प्रालिका अध्यक्ष उदय चापागाईं भन्छन् । अघिल्लो साता स्वदेश फर्किएको जर्मनीको टी जी स्वेन्डर कम्पनीले गोर्खा टी इस्टेटले अर्गानिक प्रविधिबाट उत्पादन गर्ने सबै चिया खरिद गर्ने सम्झौता गरेको छ । ‘अर्गानिक प्रविधिबाट उत्पादन गरिएको र निश्चित गुणस्तरका भएका सबै चिया उनीहरूले किन्ने सहमति भएको छ,’ चापागाईंले भने । गत वर्ष ३० हजार किलो अर्गानिक चिया उक्त कम्पनीलाई विक्री गरेको गोर्खा टी इस्टेटले चालू अािर्थक वर्षमा ४० हजार किलोभन्दा बढी बिक्री गर्ने जानकारी दिएको छ ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago