उमेदवार छान्ने विधि एमालेको कस्तो छ?

काठमाडौँ: नेकपा एमालेले महानगरपालिका तथा उपमहानगरपालिकाको मेयर तथा उपमेयर उम्मेदवार केन्द्रले छनोट गर्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले स्थानीय तहको उम्मेदवार छनोट विधि निर्धारण गरेको हो ।

जसअनुसार महानगर र उपमहानगरपालिकाको मेयर तथा उपमेयर उम्मेदवार केन्द्रले नै तय गर्ने छ । ‘प्रदेश कमिटीको सिफारिसमा महानगरपालिका तथा उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार केन्द्रले गर्ने विधि तय गरिएको छ,’ प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले भने, ‘महानगरपालिकाका वडाध्यक्ष र सदस्यहरुको बारेमा निर्णय प्रदेश कमिटीले गर्छ ।’

काठमाडौं, ललितपुर, पोखरा, भरतपुर, वीरगंज, विराटनगर महानगरपालिका र ११ वटा उपमहानगरपालिका छन् । त्यसैगरी नगरपालिकाका मेयर, उपमेयर र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षको उम्मेदवारको निर्णय भने प्रदेश कमिटीले गर्ने छ । ती उम्मेदवारहरुको सिफारिस जिल्ला कमिटीले गर्ने गुरुङले बताए । देशभर २ सय ७६ नगरपालिका र ४ सय ६० गाउँपालिका छन् ।

त्यसैगरी, वडाध्यक्षको उम्मेदवारहरुको जिल्ला कमिटीले निर्णय गर्ने छ । ‘पालिका कमिटीहरुको सिफारिसमा जिल्लाले यस विषयमा निर्णय गर्ने छ,’ गुरुङले भने, ‘कुनै स्थानका उम्मेदवारहरुको बारेमा विवाद भएमा एक तह माथिको कमिटीले त्यस विषयमा निर्णय गर्ने छ ।’ एमाले स्थानीय तह निर्वाचनका लागि केन्द्रले नै घोषणापत्र तयार पार्ने भएको छ । बुद्धिजीवी परिषद्‌को प्रस्तावमा नीति अनुसन्धान प्रतिष्ठानको समन्वयमा तयार हुने घोषणा पत्रलाई केन्द्रीय कमिटीले पारित गर्ने प्रमुख गुरुङले बताए । ‘बुधबार त्यस विषयमा कार्यशाला गोष्ठी हुँदैछ,’ गुरुङले भने, ‘केन्द्रको घोषणापत्र हुन्छ र ७ सय ५३ स्थानीय तहको प्रतिबद्धता पत्र जारी गर्छन् ।’

प्रतिबद्धता पत्रमा स्थानीय तहले हालसम्म गरेको काम र आगामी दिनमा गर्ने कामको बारेमा विवरण रहने छ । उम्मेदवार छनोटको मापदण्ड चैत ९ र १० गते हुने केन्द्रीय कमिटीको बैठकले तय गर्ने छ । ‘केन्द्रीय कमिटीको बैठकमा प्रदेशका अध्यक्षहरुले समग्र कामको रिपोर्ट गर्छन्,’ गुरुङले भने, ‘हाम्रो पार्टी र अन्य दलहरुको अवस्थामा कस्तो छ भन्ने विषयमा जिल्लागत रिपोर्टिङ हुनेछ ।’

मंगलबारको सचिवालय बैठकले चैत ७ मा पोलिटब्युरो र १३ गते स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको छ । विभाग, निकायहरुमा रहेका नेताहरुलाई आफ्ना जिम्मेवारीमा असर नपार्ने गरी निर्वाचन अवधिभर प्रदेश तथा जिल्ला कमिटीहरुको समन्वयमा आफ्नो सम्बन्धित भूगोलको काममा संलग्न गराउने तयारीमा एमालेले गरेको छ ।

वैशाख ३० गते हुने स्थानीय चुनावको विषयमा एमालेले सातवटै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको थियो ।

Kamal Panthi

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago