इमर्जिङ्ग नेपालको आईपीओ बाँडफाँट, आठ जना भाग्यमानीले पाए ११ कित्ता

इमर्जिङ्ग नेपाल लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले माघ २६ गतेदेखि निष्काशन गरेको आईपीओ कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले कार्निभल रेष्ट्रो,अनामनगरमा बाँडफाँट गरेको हो ।

कम्पनीको आईपीओमा २३ लाख ३१ हजार २५८ जना आवेदकबाट दुई अर्ब ६४ करोड ३० लाख ३३ हजार रुपैयाँ बराबरको २ करोड ६४ लाख ३० हजार ३३० कित्ता शेयरको लागि आवेदन परेको थियो ।

कुल आवेदक मध्ये २ हजार ५५२ जनाको आवेदन रद्ध भएका छन् । त्यस अनुसार २३ लाख २८ हजार २०६ जनाको योग्य आवेदकबाट २ करोड ६४ लाख १ हजार ९७० कित्ता शेयर माग गरेको छ । यो कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको शेयरको ५१.१५ गुणा बढी हो ।

कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाद्वारा न्युनतम १० कित्ताको दरले शेयर वितरण भएको छ । त्यस अनुसार कम्पनीको आईपीओमा आवेदन गर्ने योग्य आवेदक मध्ये ५१ हजार ६७० जनाले न्युनतम १० कित्ताको दरले ५ लाख १६ हजार ७०० कित्ता शेयर वितरण गरेको हो ।

यसरी वितरण गरेर बाँकी रहेको ८ कित्ता शेयर भने पुन: सोही मध्येबाट २० कित्ता भन्दा बढी आवेदन दिने ८ जनालाई एक एक कित्ताको दरले बाँडफाँट गरिएको हो । त्यस अनुसार अधिकतम शेयर पाउने आवेदकले ११ कित्ता सम्म शेयर पाएका छन् ।

कम्पनीले निष्काशन गरेको कुल ५ लाख ५५ हजार कित्ता शेयरमध्ये २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरी बाँकी ५ लाख १६ हजार ७०८ कित्ता शेयर सर्वसाधारणको लागि बिक्री खुला गरेको थियो ।

हाल कम्पनीको चुक्ता पूँजी ५० करोड ४० हजार रुपैयाँ छ । आईपीओ बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी ५५ करोड ५६ लाख रुपैयाँ पुग्नेछ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago