इमर्जिङ्ग नेपालको आईपीओ बाँडफाँट, आठ जना भाग्यमानीले पाए ११ कित्ता

२०७८, ४ फाल्गुन बुधबार १८:१३

इमर्जिङ्ग नेपाल लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले माघ २६ गतेदेखि निष्काशन गरेको आईपीओ कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले कार्निभल रेष्ट्रो,अनामनगरमा बाँडफाँट गरेको हो ।

कम्पनीको आईपीओमा २३ लाख ३१ हजार २५८ जना आवेदकबाट दुई अर्ब ६४ करोड ३० लाख ३३ हजार रुपैयाँ बराबरको २ करोड ६४ लाख ३० हजार ३३० कित्ता शेयरको लागि आवेदन परेको थियो ।

कुल आवेदक मध्ये २ हजार ५५२ जनाको आवेदन रद्ध भएका छन् । त्यस अनुसार २३ लाख २८ हजार २०६ जनाको योग्य आवेदकबाट २ करोड ६४ लाख १ हजार ९७० कित्ता शेयर माग गरेको छ । यो कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको शेयरको ५१.१५ गुणा बढी हो ।

कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाद्वारा न्युनतम १० कित्ताको दरले शेयर वितरण भएको छ । त्यस अनुसार कम्पनीको आईपीओमा आवेदन गर्ने योग्य आवेदक मध्ये ५१ हजार ६७० जनाले न्युनतम १० कित्ताको दरले ५ लाख १६ हजार ७०० कित्ता शेयर वितरण गरेको हो ।

यसरी वितरण गरेर बाँकी रहेको ८ कित्ता शेयर भने पुन: सोही मध्येबाट २० कित्ता भन्दा बढी आवेदन दिने ८ जनालाई एक एक कित्ताको दरले बाँडफाँट गरिएको हो । त्यस अनुसार अधिकतम शेयर पाउने आवेदकले ११ कित्ता सम्म शेयर पाएका छन् ।

कम्पनीले निष्काशन गरेको कुल ५ लाख ५५ हजार कित्ता शेयरमध्ये २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरी बाँकी ५ लाख १६ हजार ७०८ कित्ता शेयर सर्वसाधारणको लागि बिक्री खुला गरेको थियो ।

हाल कम्पनीको चुक्ता पूँजी ५० करोड ४० हजार रुपैयाँ छ । आईपीओ बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी ५५ करोड ५६ लाख रुपैयाँ पुग्नेछ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु