पाल्पामा २० वडाको मतपरिणाम सार्वजनिक, १ वडामा स्थगित

पाल्पामा ११ नेकपा एमाले, ८ नेपाली काग्रेस र १ नेकपा माओवादी केन्द्र र १ वडाको परिणाम स्थगित

तानसेन १ जेठ

पाल्पामा २० वडाकाे मतगणना सम्पन्न भएकाे छ । याे समाचार तयार पार्दासम्म मतगणना सम्पन्न भएका वडा मध्ये नेकपा एमालेले ११ वडामा विजय हासिल गरेको छ भने नेपाली काग्रेसले ८ वडा, नेकपा माओवादी केन्द्रले १ वडामा विजय हासिल गरेको छ भने १ वडाको परिणाम स्थगित भएको छ ।

नेकपा एमालेबाट निस्दी गाउँपालिको वडा नंं १ वाकामलाङमा यम बहादुर राना विजयी भए । उनले नेपाली काग्रेसका पुर्ण बहादुर खाँण लाई २८ मतले पराजित गरे । वडा नंं २ सहलकोटमा एमालेकै फत्ते सिं दर्लामी विजयी भए । उनले नेपाली काग्रेसका यम बहादुर मश्राङ्गीलाई ३१७ मत अन्तरले पराजित गरे ।

रामपुर नगरपालिका वडा नंं १० मा नेकपा एमालेका तोयनाथ सारु विजयी भए । सारुले नेपाली काग्रेसका थमन बहादुर सारु लाई पराजित गरे । पुर्वखोला गाउँपालिका वडा नंं १ मा नेकपा एमाले बाट गिरमान आले विजयी भए । आलेले नेपाली कागं्रेसका चुन बहादुर थापा लाई १००२ मतले पराजित गरे । वडा नंं २ जल्पामा नेकपा एमलेकै निर बहादुर सारु विजयी भए । सारुले नेपाली काग्रेसका गोपाल राना लाई ३२३ मतले पराजित गरे । वडा नं. ३ रिङनेरहमा नेकपा एमालेका कृष्ण प्रसाद भट्टराई विजयी भए । भट्टराईले नेपाली काग्रेसका उमान सिं सुनारी लाई ८१७ मतले पराजित गरे । माथागढी गाउँपालिका वडा नं. १ चिदीपानीमा नेकपा एमालेका राजकुमार पंन्थी विजयी भए । पन्थीले नेपाली काग्रेसका महेन्द्र बहादुर जि.सी. लाई २२१ मतले पराजित गरे । रिव्दीकोट गाउँपालिका वडा नंं १ ख्याहामा नेकपा एमालेका चिरञ्जिवी पोखरेल विजयी भए । पोखरेलले नेपाली काग्रेसका रामचन्द्र पाण्डेलाई ६ मतले पराजित गरे ।

तिनाउँ गाउँपालिका वडा नंं १ कचलमा नेकपा एमालेका भुवन सिं चिदी विजयी भए । चिदीले नेपाली काग्रेसका हस्त बहादुर रास्कोटीलाई १६२ मतले पराजित गरे । वडा नंं २ दोभानमा नेकपा एमालेका यादव प्रसाद अर्याल विजयी भए । अर्यालले नेकपा माओवादी केन्द्रका दिनेश घर्ति क्षेत्री लाई ९४ मतले पराजित गरे । रैनादेवी छहरा गाउँपालिका वडा नंं ८ सत्यवतीमा नेकपा एमालेका रेम बहादुर राना विजयी भए । रानाले नेपाली काग्रेसका थमान बहादुर रानालाई पराजित गरे । यसैगरी नेपाली काग्रेसले ६ वडामा विजय हासिल गरेको छ ।

तानसेन नगरपालिकाको वडा नंं १ मिशन गोर्खेकोटमा सुनिल कुमार बस्याल विजयी भएका छन । बस्यालले नेकपा एमालेका खडानन्द न्यौपाने लाई ३२४ मतले पराजित गरे । वडा नं. २ मेहलधारा, बडीज्ञानटोलमा नेपाली काग्रेसका महेश्वरलाल श्रेष्ठ विजयी भए । श्रेष्ठले नेकपा एमालेका मदनलाल बज्राचार्य लाई ४१२ मतले पराजित गरे । वडा न‌ ३ भगवतिथानमा नेपाली काग्रेसका वावुरत्न शाक्य विजयी भएका छन । उनले नेकपा एमालेका महेशलाल शाक्य लाई २११ मतले पराजित गरे ।  वडा न‌ ४ सिलखानटाेलमा नेपाली काग्रेसका हेमन्त राज शाक्य विजयी भएका छन । उनले नेकपा एमालेका उमनाथ घिमिरे लाई २२२ मतले पराजित गरे ।

रामपुर नगरपालिका वडा नंं १ गाँडाकोटमा कपिल बहादुर खाँण विजयी भए । कपिलले नेकपा एमालेका मिन बहादुर खाँण लाई १९६ मतले पराजित गरे । माथागढी गाउँपालिका वडा नंं ८ बहादुरपुरमा नेपाली काग्रेसका दिल बहादुर ढेंगा विजयी भए । ढेगांले नेकपा एमालेका नारायण सिं ठाडा लाई १०४ मतले पराजित गरे । वडा नंं ७ रहवासमा नेपाली काग्रेसका जंग बहादुर दर्लामी विजयी भए । दर्लामीले नेकपा एमालेका नेत्र बहादुर थापा लाई १०५ मतले पराजित गरे । बगनासकाली गाउँपालिका वडा नंं ९ चापपानीमा नेपाली काग्रेसका थानेश्वर तिमिल्सिना विजयी भए । तिमिल्सीनाले नेकपा एमालेका रण प्रताप खाण लाई ३९६ मतले पराजित गरे । नेकपा माओवादी केन्द्रले १ वडामा विजय हासिल गरेको छ । रैनादेवी छहरा गाउँपालिका वडा नंं १ सिद्धेश्वरमा नेकपा माओवादी केन्द्रका सोम बहादुर दर्लामी विजयी भए । दर्लामीले नेकपा एमालेका रोशन बुढा लाई ३५ मतले पराजित गरे ।

यसैगरी रम्भा गाउँपालिका वडा नंं ५ ताहुँमा नेकपा एमाले विजय भएको घोषणा गरिएपनि खसेको मत भन्दा परिणामको मत बढी भएपछी मतगणना स्थगित भएको छ । पाल्पाको अहिले सम्मको परिणाममा जनताले पाटी र उम्मेदवार परिवर्तन गरेका छन । नेकपा एमालेले २०७४ सालको स्थानीयतह निर्वाचनमा गुमाएका ४ वडामा जित हासिल गरेको छ भने नेपाली काग्रेसले २०७४ सालको स्थानीयतह निर्वाचनमा गुमाएका २ वडामा जित हासिल गरेको छ । नेकपा माओवादी केन्द्रले २०७४ सालको स्थानीयतह निर्वाचनमा जितेको १ वडा गुमाएको छ । अन्य १२ वटा वडामा २०७४ सालकै परिणाम कायम रहेको छ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago