मकवानपुर: मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा सत्तारुढ पाँच दलीय गठबन्धनकी मेयर उम्मेदवार एकीकृत समाजवादीकी मीना लामाले अग्रता बनाएकी छन् ।
आइतबार बिहान ८ बजेसम्म ५ हजार २ सय ६७ मतको गणना हुँदा सत्तारुढ गठबन्धनकी उम्मेदवार लामाले अग्रता लिएकी हुन् ।
लामाले १ हजार ५ सय ८९ मत ल्याएकी छन् । नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले १ हजार ५ सय ५० मत ल्याएका छन् । लामा र पौडेलको मतान्तर ३९ मत रहेको छ । मेयरमा राप्रपाका दीपकबहादुर सिंहले १ हजार ४१४ मत प्राप्त गरेका छन् ।
उपमेयरमा कांग्रेसका राजेश बानियाँले २ हजार २ सय ६३ मत ल्याउँदा एमालेकी सुमित्रा काफ्लेले १ हजार ८९१ मत ल्याएकी छन् । उपमेयरमा राप्रपाकी इन्दिरा न्यौपानेले ३९० मत ल्याएकी छन् । हाल हेटौंडा उपमहानगरपालिकाका वडाहरू १, २, १८ र १९ को मतगणना भइरहेको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…