मकवानपुर: मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा सत्तारुढ पाँच दलीय गठबन्धनकी मेयर उम्मेदवार एकीकृत समाजवादीकी मीना लामाले अग्रता बनाएकी छन् ।
आइतबार बिहान ८ बजेसम्म ५ हजार २ सय ६७ मतको गणना हुँदा सत्तारुढ गठबन्धनकी उम्मेदवार लामाले अग्रता लिएकी हुन् ।
लामाले १ हजार ५ सय ८९ मत ल्याएकी छन् । नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले १ हजार ५ सय ५० मत ल्याएका छन् । लामा र पौडेलको मतान्तर ३९ मत रहेको छ । मेयरमा राप्रपाका दीपकबहादुर सिंहले १ हजार ४१४ मत प्राप्त गरेका छन् ।

उपमेयरमा कांग्रेसका राजेश बानियाँले २ हजार २ सय ६३ मत ल्याउँदा एमालेकी सुमित्रा काफ्लेले १ हजार ८९१ मत ल्याएकी छन् । उपमेयरमा राप्रपाकी इन्दिरा न्यौपानेले ३९० मत ल्याएकी छन् । हाल हेटौंडा उपमहानगरपालिकाका वडाहरू १, २, १८ र १९ को मतगणना भइरहेको छ ।

Kamal Panthi

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago