भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको तयारी पूरा

लुम्बिनी: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको तयारी पूरा भएको छ । लुम्बिनी विकास कोषले बुद्धपूर्णिमाका दिन (सोमबार) आइपुग्ने भारतीय प्रधानमन्त्रीको स्वागतका लागि आवश्यक धेरैजसो तयारी पूरा भएको जनाएको छ ।
कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईका अनुसार शनिबार बिहान गृहमन्त्री बालकृष्ण खाँणले लुम्बिनीको सुरक्षा व्यवस्था र आवश्यक तयारी निरीक्षण गर्दै कोषका पदाधिकारी र सुरक्षा निकायका प्रमुखसित छलफल गरेका थिए । भट्टराईले केही दिनअघि नै भारतबाट पनि उच्च सुरक्षा अधिकृत आइसकेको बताए । भौतिक संरचना निर्माण र सजावटका अलावा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन केन्द्र र मायादेवी मन्दिर सिंगार्ने काम पूरा भइसकेको छ ।
उनले आइतबारबाट भीआइपीहरू आउने क्रम सुरु हुने बताए । आइतबार बिहान पर्यटन तथा संस्कृतिमन्त्री प्रेम आले र परराष्ट्रमन्त्री आउने कार्यक्रम रहेको बताउँदै उनले भने, ‘कूटनीतिक निकाय र नेपाल सरकारका उच्च अधिकारी पनि आउनु हुनेछ ।’ कोषले अतिथि व्यवस्थापनका लागि आवास, यातायात, प्रचारप्रसार, सुरक्षा, पूजापाठ र शान्ती र्‍याली समिति बनाएर काम गरिरहेको छ । बुद्धस्थलको प्रवर्द्धन गर्न कपिलवस्तु, पश्चिम नवलपरासीको रामग्राम र रुपन्देहीको देवदह समेटेर एउटा समन्वय समिति निर्माण गरिएको छ । काठमाडौंबाट आइतबार १ हजार १ सय भिक्षु/भिक्षुणी पनि लुम्बिनी आइपुग्नेछन् ।

भारतीय प्रधानमन्त्रीलाई ल्याउने भारतीय वायु सेनाका दुई एमआई १७ हेलिकोप्टरले हालै निर्माण गरिएका दुई हेलिप्याडमा शनिबार परीक्षण उडान गरेका छन् । मोदी आउने भएपछि विकास कोषले दुई नम्बर गेटअगाडि चारवटा पक्की हेलिप्याड बनाएको छ । त्यसपछि भारतीय सुरक्षा अधिकारीले हेलिप्याड अवलोकन र सुरक्षात्मक अवस्था जाँचबुझ गर्दै प्राविधिक जानकारीसमेत लिएका थिए । ‘भारतीय सुरक्षा अधिकारीले हेलिकप्टरबाटै सुरक्षा अवस्था अवलोकन गरे,’ कोषका एक अधिकारीले भने, ‘तर यसबारे उनीहरूले थप बताउन चाहेनन् ।’ सरकारी अधिकारीले मोदीसँग चारवटा हेलिकोप्टर आउने बताएका छन् ।

मोदीको स्वागतका लागि लुम्बिनीलाई सिंगारिएको छ । मायादेवी मन्दिरको भित्र र बाहिर रंगरोगन गरिएको छ । बाहिरी पुरातात्त्विक संरचनालाई फूलले सजाएर आकर्षक बनाइएको छ । मन्दिर परिसरभित्र, बाहिर र अशोक स्तम्भभित्र सरसफाइ गरेर चिटिक्क बनाइएको छ । बाटोघाटो सफा गरेर सुन्दर बनाइएको छ । मन्दिरलाई झिलीमिली बत्तीले ढाकिएको छ । पवित्र उद्यान क्षेत्रमा झिलीमिली बत्ती राखिएको छ । लुम्बिनी गुरुयोजनाको भैरहवा तौलिहवा सडक खण्डअन्तर्गत एक किमि कालोपत्रे बाटाका दुईतर्फ नेपाल, भारत र बौद्ध धर्मावलम्बनीको झन्डा टाँगिएको छ । त्यस्तै पर्सा चोकदेखि महिलबारसम्म पनि पोलमा नेपाल, भारत र बौद्ध धर्मावलम्बीको झन्डा टाँगिएको छ । मोदी र देउवाका लागि अन्तर्राष्ट्रिय सभा हलअघि कालोपत्रे बाटो र ९ नम्बर गेटअघि ठूला स्वागत द्वार बनाइएको छ । ९ नम्बर गेट हुँदै भारतले बनाउन लागेको बिहारसम्म मोदी पुग्ने बाटो पनि बनाइएको छ । कालोपत्रे नभए पनि राम्रो बेस बनाएर बाटो चिटिक्क बनाइएको छ ।

भारत सरकारले अन्तर्राष्ट्रिय बुद्धिस्ट कन्फरेडेसन (आईबीसी) मार्फत जर्मन स्तूपउत्तर विहार बनाउन थालेको छ । गेटदेखि त्यहाँसम्म पुग्ने करिब ७ सय मिटर बाटो धूलो–हिलोमुक्त बनाइएको छ । बिहारलाई नयाँ बाउन्ड्री वाल लगाएर घेरिएको छ । विहारमा टेन्ट लगाइएको छ । सुरक्षाका लागि विहारमा प्रहरी राखिएको छ । उक्त विहारको प्रधानमन्त्री मोदी र देउवाले संयुक्त रूपमा शिलान्यास गर्ने कार्यक्रम छ । उक्त विहार एक अर्ब भारतीय रुपैयाँमा ३ वर्षभित्र निर्माण पूरा गर्ने लक्ष्य छ ।

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago