विराटनगर- विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका मेयर उम्मेदवार नागेश कोइरालाले २ हजार ५ सय ८३ मत हासिल गरेका छन्।

विराटनगरस्थित आदर्श माविमा हालसम्म गणना गरिएको ७ हजार २ सय ६० मतमा कांग्रेसका उम्मेदवार कोइरालाले नेकपा एमालेका उम्मेदवार सागर थापासँग ८ सय ९३ मतको अन्तर बनाएका छन्।

थापाको १ हजार ६ सय ९० मत रहेको छ।

त्यसैगरी, जनता समाजवादी पार्टी त्यागेर स्वतन्त्रबाट उम्मेदवारी दिएका उमेश यादवले हालसम्म ७ सय १५ मत हासिल गरेका छन्।

राप्रपातर्फबाट मेयरका प्रत्यासी प्रह्लाद साह चौथो स्थानमा रहेका छन्। उनले ४ सय १९ मत पाएका छन्।

यस्तै, उपमेयरतर्फ एमालेकी शिल्पा निराला कार्कीले १ हजार ८ सय मत प्राप्त गरेकी छन्। उनलाई गठबन्धनतर्फबाट जसपाका उम्मेदवार अमरेन्द्र यादवले १ हजार १ सय ८३ मतले पछ्याइरहेका छन्।

दुवैबीच ६ सय १७ मतको अन्तर रहेको छ। राप्रपाकी विन्दा लुइंटेल आचार्यले ४ सय ३१ मतसहित तेस्रो स्थानबाट प्रतिस्पर्धा गरिरहेकी छन्।

नेकपा माओवादी त्यागेर स्वतन्त्रतर्फबाट उपमेयरमा उम्मेदवारी दिएकी नमिता न्यौपाने ४ सय ९ मतसहित चौथो स्थानमा रहेकी छन्।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago