विराटनगरमा नागेश काेइरालाको ८ सय ९३ मतकाे अग्रता

२०७९, १ जेष्ठ आईतवार ०९:०३

विराटनगर- विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका मेयर उम्मेदवार नागेश कोइरालाले २ हजार ५ सय ८३ मत हासिल गरेका छन्।

विराटनगरस्थित आदर्श माविमा हालसम्म गणना गरिएको ७ हजार २ सय ६० मतमा कांग्रेसका उम्मेदवार कोइरालाले नेकपा एमालेका उम्मेदवार सागर थापासँग ८ सय ९३ मतको अन्तर बनाएका छन्।

थापाको १ हजार ६ सय ९० मत रहेको छ।

त्यसैगरी, जनता समाजवादी पार्टी त्यागेर स्वतन्त्रबाट उम्मेदवारी दिएका उमेश यादवले हालसम्म ७ सय १५ मत हासिल गरेका छन्।

राप्रपातर्फबाट मेयरका प्रत्यासी प्रह्लाद साह चौथो स्थानमा रहेका छन्। उनले ४ सय १९ मत पाएका छन्।

यस्तै, उपमेयरतर्फ एमालेकी शिल्पा निराला कार्कीले १ हजार ८ सय मत प्राप्त गरेकी छन्। उनलाई गठबन्धनतर्फबाट जसपाका उम्मेदवार अमरेन्द्र यादवले १ हजार १ सय ८३ मतले पछ्याइरहेका छन्।

दुवैबीच ६ सय १७ मतको अन्तर रहेको छ। राप्रपाकी विन्दा लुइंटेल आचार्यले ४ सय ३१ मतसहित तेस्रो स्थानबाट प्रतिस्पर्धा गरिरहेकी छन्।

नेकपा माओवादी त्यागेर स्वतन्त्रतर्फबाट उपमेयरमा उम्मेदवारी दिएकी नमिता न्यौपाने ४ सय ९ मतसहित चौथो स्थानमा रहेकी छन्।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु