काठमाडौँ– नेपाली सिने जगतकी चर्चित अभिनेत्री रेखा थापाले विवाह गरेकी छन्। उनी बलराम शाहीसँग विवाह बन्धनमा बाँधिएकी हुन्।
स्रोतका अनुसार अभिनेत्री थापा र शाहीले काठमाडौँ जिल्ला अदालत पुगेर कोर्ट म्यारिज गरेका हुन्। उनीहरु लामो समयदेखि प्रेम सम्बन्धमा रहेको बताइएको छ। शाही हाल अमेरिका बस्दै आएका छन्।
रेखाको यो दोस्रो विवाह हो। यसअघि उनको चलचित्र निर्माता छवि ओझासँग विवाह भएको थियो। उनीहरु १० वर्षअघि छुट्टिएका थिए।
२०५६ सालमा ‘हिरो’ चलचित्रबाट नेपाली चलचित्रमा डेब्यू गरेकी रेखाले कैयौँ हिट चलचित्र दिएकी छन्।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…