विवाह बन्धनमा बाँधिइन् अभिनेत्री रेखा थापा

२०७८, ३ फाल्गुन मंगलवार ०७:३१

काठमाडौँ– नेपाली सिने जगतकी चर्चित अभिनेत्री रेखा थापाले विवाह गरेकी छन्। उनी बलराम शाहीसँग विवाह बन्धनमा बाँधिएकी हुन्।
स्रोतका अनुसार अभिनेत्री थापा र शाहीले काठमाडौँ जिल्ला अदालत पुगेर कोर्ट म्यारिज गरेका हुन्। उनीहरु लामो समयदेखि प्रेम सम्बन्धमा रहेको बताइएको छ। शाही हाल अमेरिका बस्दै आएका छन्।
रेखाको यो दोस्रो विवाह हो। यसअघि उनको चलचित्र निर्माता छवि ओझासँग विवाह भएको थियो। उनीहरु १० वर्षअघि छुट्टिएका थिए।

२०५६ सालमा ‘हिरो’ चलचित्रबाट नेपाली चलचित्रमा डेब्यू गरेकी रेखाले कैयौँ हिट चलचित्र दिएकी छन्।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु