वडा नम्बर १ मा खसेको मत ३५०८ मध्ये ३०० मत गणना हुँदासम्म कांग्रेसका उम्मेदवार हुकुमसिंह राईले १७० मत ल्याउँदै अग्रता लिएका हुन् ।

त्यहाँ शुरुवातीदेखि उनले अग्रता लिँदै आएका छन् । कांग्रेस,माओवादी,जसपा,लिम्बूवानबाट गठबन्धनका तर्फबाट उम्मेदवार बनेका राईका प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार भिम राईले ६७ मत प्राप्त गरेका छन् । त्यहाँ राप्रपाका उम्मेदवारले १७ मत ल्याएका छन् ।

यसैगरी, उपाध्यक्षमा गठबन्धनकै उम्मेदवार पर्शुराम सुवेदीले १२३ र उनका प्रतिद्वन्द्वी प्रमिला तिवारीले ७८ मत ल्याएकी छन् । राप्रपाले २० मत पाएको छ । यसैगरी , गठबन्धनबाट वडा अध्यक्षका उम्मेदवार केदार कटुवालले १७८ , एमाले ६५ र राप्रपाले १८ ल्याएका छन् । खुल्ला महिला सदस्यमा एमाले ७३,गठबन्धन १५३, राप्रपा २४,दलित महिला सदस्यमा एमाले ७४, गठबन्धन १५४, राप्रपा २३, खुल्ला पुरुष सदस्यतर्फ एमाले ८० ,गठबन्धन १४६,राप्रपा २४, खुल्ला पुरुष सदस्यमा एमाले ७२,गठबन्धन १५० र राप्रपाले १४ मत ल्याएका छन् ।