काठमाडौं: जनता समाजवादी पार्टी, नेपालको खेलकुद विभाग संघीय समाजवादी खेलकुद महासंघको आयोजनामा आज (सोमबार) काठमाडौंको दशरथ रंगशालादेखि दमक तथा धनकुटा टुँडिखेलसम्म ‘एकल म्याराथुन-२०७८’ हुने भएको छ । महासंघले आइतबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनको यस्तो जानकारी दिएको हो । ‘सबैका लागि खेलकुद हाम्रो अभियान, संघीयता सुशासन र संघीय समाजवाद राष्ट्रको पहिचान’ भन्ने सन्देश प्रवाह गर्दै, ‘स्वास्थ्यको लागि दौड, राष्ट्रको लागि खेलकुद-२०७८’ भन्ने नाराका साथ एकल म्याराथुनको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
कीर्तिमानी अन्तर्राष्ट्रिय म्याराथुन धावक बैकुण्ठ मानन्धर र कीर्तिमानी अन्तर्राष्ट्रिय अल्ट्रा ट्रेल धाविका मिरा राईको प्रमुख आतिथ्यतामा काठमाडौं दशरथ रंगशालादेखि धनकुटा टुँडिखेल तथा काठमाडौं दशरथ रंगशालादेखि दमकसम्मको एकल म्याराथुन दौड आज विहान उद्घाटन गरिने बताइएको छ ।
कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष नेत्रबहादुर नेम्बाङले म्याराथुनको सम्पूर्ण तयारी पुरा भएको बताउनुभयो । लामो म्याराथुन भएको हुँदा अप्ठ्यारो परे ‘रेसक्य’ गर्ने टिमसमेत तयार पारिएको उहाँले स्पष्ट पार्नुभयो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…