एकल म्याराथुन-२०७८ को तयारी

२०७८, ३० फाल्गुन सोमबार ०६:१३

काठमाडौं: जनता समाजवादी पार्टी, नेपालको खेलकुद विभाग संघीय समाजवादी खेलकुद महासंघको आयोजनामा आज (सोमबार) काठमाडौंको दशरथ रंगशालादेखि दमक तथा धनकुटा टुँडिखेलसम्म ‘एकल म्याराथुन-२०७८’ हुने भएको छ । महासंघले आइतबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनको यस्तो जानकारी दिएको हो । ‘सबैका लागि खेलकुद हाम्रो अभियान, संघीयता सुशासन र संघीय समाजवाद राष्ट्रको पहिचान’ भन्ने सन्देश प्रवाह गर्दै, ‘स्वास्थ्यको लागि दौड, राष्ट्रको लागि खेलकुद-२०७८’ भन्ने नाराका साथ एकल म्याराथुनको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

कीर्तिमानी अन्तर्राष्ट्रिय म्याराथुन धावक बैकुण्ठ मानन्धर र कीर्तिमानी अन्तर्राष्ट्रिय अल्ट्रा ट्रेल धाविका मिरा राईको प्रमुख आतिथ्यतामा काठमाडौं दशरथ रंगशालादेखि धनकुटा टुँडिखेल तथा काठमाडौं दशरथ रंगशालादेखि दमकसम्मको एकल म्याराथुन दौड आज विहान उद्घाटन गरिने बताइएको छ ।

कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष नेत्रबहादुर नेम्बाङले म्याराथुनको सम्पूर्ण तयारी पुरा भएको बताउनुभयो । लामो म्याराथुन भएको हुँदा अप्ठ्यारो परे ‘रेसक्य’ गर्ने टिमसमेत तयार पारिएको उहाँले स्पष्ट पार्नुभयो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु