रोल्पा: रोल्पाका सबै स्थानीय तहमा मतदान सुरु भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाका १० तहका ८१ मतदान स्थलमा उत्साहसाथ मतदाताले मतदान गरेका हुन्। माओवादी केन्द्रका नेता वर्षमान पुनले आफ्नो गाउँ रोल्पा नगरपालिकाको माडीचौरमा रहेको मतदान केन्द्रमा विहानै मतदान गरेका छन्। उनीसँगै पुन पत्नी पूर्व सभामुख ओनसरी घर्तीले पनि त्यसै केन्द्रबाट मतदान गरिन्। माओवादी केन्द्रकै नेता कृष्ण बहादुर महरा, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी लगयत नेताले रोल्पामै मतदान गरेका छन्।
मुख्य निर्वाचन अधिकृत एवं रोल्पा जिल्लाका न्यायाधीश दिलिपराज पन्तले थवाङको उवा केन्द्र र परिवर्तन गाउपालिकामा केही समस्या भए पनि मतदान सुरु भएको बताए । ती स्थानमा माओवादी केन्द्र र कांग्रेस, एमाले लगायतको गठबन्धन पक्ष बीच अघिल्लो दिन देखि झडप भएका थिए। निर्वाचन सुरक्षाका लागि सबै स्थानमा पर्याप्त सुरक्षा व्यवस्था मिलाइएको प्रहरी नायब उपरीक्षक बिनोद घिमिरेले बताए। निर्वाचन सुरक्षाका लागि जिल्ला भर करिब २ हजार सुरक्षाकर्मी परिचालित भएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए ।
यसैबीच रोल्पाको थवाङ गाउँपालिकाको उवामा निर्वाचनको अघिल्लो दिन माओवादी केन्द्र र अन्य दलका कार्यकर्ताबीच झडप हुँदा तीन जना गम्भीर घाइते भएका छन्। माओवादी केन्द्रका कार्याकर्ताको आक्रमणबाट एमाले, कांग्रेस र नेत्रविक्रम चन्द समूहका कार्यकर्ता घाइते भएका हुन्। एमाले केन्द्रीय सदस्य नवीन रोका मगरले सुनियोजित ढंगले आफूमाथि आक्रमण भएको आरोप लगाए।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…