काठमाडौँ: नेपाली सेनाले काठमाडौँ उपत्यकामा तयारी फौजसहित हेलिकोप्टरले गस्ती गर्ने भएको छ । आज ( शुक्रबार ) देशभर स्थानीय तहको निर्वाचन हुँदैछ । उपत्यकामा स्थानीय निर्वाचनको मतदान केन्द्रमा सुरक्षा दिन नेपाली सेनालाई पनि तैनाथ गरिएका छन् ।
प्रत्येक मतदान केन्द्रको सुरक्षा गर्न बढीमा ३० मिनेटमा नेपाली सेना पुग्ने प्रवक्ता नारायण सिलवालले जानकारी दिए । ‘काठमाडौँमा तयारी फौज सहितको हेलिकप्टर तैनाथ गरिनेछ,’ उनले इकागजसँग भने । निर्वाचनको सुरक्षाका निम्ति जगेडा, रिजर्भ फौजसमेत खटिएको उनले बताए ।
जिल्ला सुरक्षा समिति र जिल्ला निर्वाचन कार्यालयको संयोजनमा नेपाली सेनाले सुरक्षा प्रदान गर्ने छ ।
निर्वाचनलाई लक्षित गरी देशभर ७१ हजार सेना खटिएका छन् । सिलवालका अनुसार देशभर ७१ हजार सेना परिचालन गरिएको छ । एकीकृत सुरक्षा योजना स्थानीय निर्वाचन २०७९ योजना अन्तर्गत नेपाली खटिएका हुन् ।
इटहरी, पोखरा, सुर्खेत र काठमाडौँमा विशेष सुरक्षाका लागि सेना खटिएको उनले प्रस्ट पारे ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…