काठमाडौँ: आज ( शुक्रबार ) देशभर स्थानीय तहको निर्वाचन हुँदैछ । ७ सय ५३ स्थानीय तहको प्रमुख, वडा अध्यक्षको छनोट गर्न निर्वाचन हुन लागेको हो । पाँच वर्षका लागि जनप्रतिनिधि छनोट हुने छन् । बिहानैदेखि मतदान केन्द्रमा निर्वाचन अधिकृत, सुरक्षाकर्मी र निर्वाचन पर्यवेक्षकहरूको उपस्थिति देख्न सकिन्छ भने कतिपय ठाउँमा बिहानैदेखि मतदाता लाइनमा छन् ।

काठमाडौँ उपत्यकाका सडक बिहानैदेखि सुनसान छ । सडकमा सुरक्षाकर्मी र अतिआवश्यक सवारीसाधन मात्र सञ्चालन छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सुरक्षाको रहनेछ ।
मतस्थललाई सुरक्षाकर्मीले पहरा दिएका छन् । मतदान केन्द्रमा प्रहरी, निर्वाचन अधिकृत र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू देख्‍न सकिन्छ । काठमाडौँ उपत्यकाका मुख्य-मुख्य चोकका पसलहरू बन्द छन् । अतिआवश्यक पसलहरू मात्र खुलेका छन् ।

निर्वाचन आयोगका अनुसार देशभर २१ हजार ९५५ मतदान केन्द्र छन् । देशभरका १० हजार ७५६ मतदानस्थल छन् । प्रदेश १ मा मतदानस्थल १ हजार ८७७, मधेश प्रदेशमा मतदानस्थल २ हजार १६३, बागमती प्रदेशमा मतदानस्थल १ हजार ७९२, गण्डकी प्रदेशमा मतदानस्थल १ हजार २५३, लुम्बिनी प्रदेशमा मतदानस्थल १ हजार ६२९, कर्णाली प्रदेशमा मतदानस्थलमा ७ सय ९ र सुदुर पश्‍चिम प्रदेशमा मतदानस्थल १ हजार १३५ छन् ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago