स्थानीय तह निर्वाचन २०७९, सुनसान सडक

२०७९, ३० बैशाख शुक्रबार ०७:१७

काठमाडौँ: आज ( शुक्रबार ) देशभर स्थानीय तहको निर्वाचन हुँदैछ । ७ सय ५३ स्थानीय तहको प्रमुख, वडा अध्यक्षको छनोट गर्न निर्वाचन हुन लागेको हो । पाँच वर्षका लागि जनप्रतिनिधि छनोट हुने छन् । बिहानैदेखि मतदान केन्द्रमा निर्वाचन अधिकृत, सुरक्षाकर्मी र निर्वाचन पर्यवेक्षकहरूको उपस्थिति देख्न सकिन्छ भने कतिपय ठाउँमा बिहानैदेखि मतदाता लाइनमा छन् ।

काठमाडौँ उपत्यकाका सडक बिहानैदेखि सुनसान छ । सडकमा सुरक्षाकर्मी र अतिआवश्यक सवारीसाधन मात्र सञ्चालन छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सुरक्षाको रहनेछ ।
मतस्थललाई सुरक्षाकर्मीले पहरा दिएका छन् । मतदान केन्द्रमा प्रहरी, निर्वाचन अधिकृत र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू देख्‍न सकिन्छ । काठमाडौँ उपत्यकाका मुख्य-मुख्य चोकका पसलहरू बन्द छन् । अतिआवश्यक पसलहरू मात्र खुलेका छन् ।

निर्वाचन आयोगका अनुसार देशभर २१ हजार ९५५ मतदान केन्द्र छन् । देशभरका १० हजार ७५६ मतदानस्थल छन् । प्रदेश १ मा मतदानस्थल १ हजार ८७७, मधेश प्रदेशमा मतदानस्थल २ हजार १६३, बागमती प्रदेशमा मतदानस्थल १ हजार ७९२, गण्डकी प्रदेशमा मतदानस्थल १ हजार २५३, लुम्बिनी प्रदेशमा मतदानस्थल १ हजार ६२९, कर्णाली प्रदेशमा मतदानस्थलमा ७ सय ९ र सुदुर पश्‍चिम प्रदेशमा मतदानस्थल १ हजार १३५ छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु