तपाई लामो लाइनमा बसिरहनु भएको छ तर तपाईको भोट अर्कै कुनै व्यक्तिले हालेर निस्केछ । अब तपाई भोट पाउनु हुन्छ कि हुन्न ? यो बिषयमा तपाईले जानकारी राख्न जरूरी छ ।

याे दृश्य देखेर निर्वाचन आयाेगले केही व्यवस्था गरेकाे छ । साे व्यवस्था अनुसार तपाईकाे परिचय प्रमाणित भएपछि भाेट त दिन पाउनु हुन्छ तर त्याे भाेट बक्समा हाल्न पाउनु हुन्न । त्याे भाेट छुट्टै खाममा हालेर सिलवन्दी गरिन्छ । तपाईकाे नाममा भाेट हाल्ने मानिसकाे मत पत्र कुन हाे भन्ने थाहा नभएकाेले यसरी छुट्टै खाममा हाल्नु परेकाे हाे ।यसरी खाममा हालेकाे मत पत्रलाइ ‘निविदा मतपत्र’ भन्ने गरिन्छ । स्थानीय तह निर्वाचन निर्देशिकाको दफा १५१ मा यसको व्यवस्था छ ।

याे निविदा मत पत्र मत गणनामा सामेल गरिदैन । तर निर्वाचन सम्बन्धी उजुरी परेमा र निर्णय गर्नको आवश्यक पर्ने भनी अदालतले ठहर गरेमा निविदा मतपत्रहरू समेत गणना गर्ने र त्यसका आधारमा मतगणनाको नतिजा सार्वजनिक गर्नुपर्ने व्यवस्था छ ।

यिनै घटनाहरू हुने भएकाले निर्वाचन आयाेगले समयमै भाेट खसाल्न सर्वसाधारणलाइ आग्रह गरेकाे छ ।

अहिले मतदाता परिचयपत्र, नागरिकता वा परिचय खुल्ने अन्य प्रमाणका आधारमा मतदान गर्ने सुविधा निर्वाचन आयोगले दिएको छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago