आफ्नो भोट अरुकसैले हाली दिइ सकेको भएपनि भोटहाल्न पाइन्छ !

२०७९, ३० बैशाख शुक्रबार ०६:४४

तपाई लामो लाइनमा बसिरहनु भएको छ तर तपाईको भोट अर्कै कुनै व्यक्तिले हालेर निस्केछ । अब तपाई भोट पाउनु हुन्छ कि हुन्न ? यो बिषयमा तपाईले जानकारी राख्न जरूरी छ ।

याे दृश्य देखेर निर्वाचन आयाेगले केही व्यवस्था गरेकाे छ । साे व्यवस्था अनुसार तपाईकाे परिचय प्रमाणित भएपछि भाेट त दिन पाउनु हुन्छ तर त्याे भाेट बक्समा हाल्न पाउनु हुन्न । त्याे भाेट छुट्टै खाममा हालेर सिलवन्दी गरिन्छ । तपाईकाे नाममा भाेट हाल्ने मानिसकाे मत पत्र कुन हाे भन्ने थाहा नभएकाेले यसरी छुट्टै खाममा हाल्नु परेकाे हाे ।यसरी खाममा हालेकाे मत पत्रलाइ ‘निविदा मतपत्र’ भन्ने गरिन्छ । स्थानीय तह निर्वाचन निर्देशिकाको दफा १५१ मा यसको व्यवस्था छ ।

याे निविदा मत पत्र मत गणनामा सामेल गरिदैन । तर निर्वाचन सम्बन्धी उजुरी परेमा र निर्णय गर्नको आवश्यक पर्ने भनी अदालतले ठहर गरेमा निविदा मतपत्रहरू समेत गणना गर्ने र त्यसका आधारमा मतगणनाको नतिजा सार्वजनिक गर्नुपर्ने व्यवस्था छ ।

यिनै घटनाहरू हुने भएकाले निर्वाचन आयाेगले समयमै भाेट खसाल्न सर्वसाधारणलाइ आग्रह गरेकाे छ ।

अहिले मतदाता परिचयपत्र, नागरिकता वा परिचय खुल्ने अन्य प्रमाणका आधारमा मतदान गर्ने सुविधा निर्वाचन आयोगले दिएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु