लन्डन: क्रिस्टियानो रोनाल्डोले शनिबार एक अर्को गोलको कीर्तिमान बनाएका छन् । यससँगै इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले टोटनहमलाई ३–२ ले हराएको छ । यो जितले अर्को सिजन युरोपेली च्याम्पियन्स लिग खेल्न म्यानचेस्टरको सपना पनि जीवन्त भएको छ । रोनाल्डोले पछिल्ला १० खेलमा गोल गरेका थिएनन् ।
तर उनले टोटनहमविरुद्ध तीन सुन्दर गोल गरे र फिफाको अभिलेख अनुसार क्लब तथा देशका लागि रोनाल्डाको गोल संख्या ८ सय ७ पुगेको छ । यो अन्तर्राष्ट्रिय फुटबलमा पुरुष खेलाडीका लागि यो सर्वाधिक बढी गोल हो । यो जितपछि म्यानचेस्टरको २९ खेलबाट ५० अंक भएको छ ।
लिगका आठ खेलमा पाँचौं हारपछि टोटनहमको आफ्नै अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सपना कमजोर भएको छ । टोटनहम यो नतिजापछि २७ खेलबाट ४५ अंकमा सातौं स्थानमा रहेको छ । लिगको शनिबारका अन्य खेलमा लिभरपुलले ब्राइटनलाई २–० ले हरायो । यस्तै ब्रेन्टफोर्ड बर्नलीमाथि २–० ले नै विजयी रह्यो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…