अर्को गोलको कीर्तिमान रोनाल्डोले बनाए

२०७८, २९ फाल्गुन आईतवार ०९:५४

लन्डन: क्रिस्टियानो रोनाल्डोले शनिबार एक अर्को गोलको कीर्तिमान बनाएका छन् । यससँगै इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले टोटनहमलाई ३–२ ले हराएको छ । यो जितले अर्को सिजन युरोपेली च्याम्पियन्स लिग खेल्न म्यानचेस्टरको सपना पनि जीवन्त भएको छ । रोनाल्डोले पछिल्ला १० खेलमा गोल गरेका थिएनन् ।

तर उनले टोटनहमविरुद्ध तीन सुन्दर गोल गरे र फिफाको अभिलेख अनुसार क्लब तथा देशका लागि रोनाल्डाको गोल संख्या ८ सय ७ पुगेको छ । यो अन्तर्राष्ट्रिय फुटबलमा पुरुष खेलाडीका लागि यो सर्वाधिक बढी गोल हो । यो जितपछि म्यानचेस्टरको २९ खेलबाट ५० अंक भएको छ ।
लिगका आठ खेलमा पाँचौं हारपछि टोटनहमको आफ्नै अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सपना कमजोर भएको छ । टोटनहम यो नतिजापछि २७ खेलबाट ४५ अंकमा सातौं स्थानमा रहेको छ । लिगको शनिबारका अन्य खेलमा लिभरपुलले ब्राइटनलाई २–० ले हरायो । यस्तै ब्रेन्टफोर्ड बर्नलीमाथि २–० ले नै विजयी रह्यो ।


Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु