आजदेखि हल खुल्दै : कठपुतली र चपली हाइट प्रदर्शन

काठमाडौँ – कोरोना भाइरस माहामारीको तेस्रो लहर सुरु भएपछि बन्द भएको हल आजबाट खुल्दैछ। सरकारले अवस्था सामान्य हुन थालेपछि हल खोल्ने अनुमति दिएको हो।

हल खुल्ने भनेपछि बनेका चलचित्रहरुले भटाभट प्रदर्शन मिति तोकिरहेका छन्। तर तेस्रो लहरपछि खुलेको हलमा भने पहिले नै प्रदर्शन भएका चलचित्रहरुलाई हलमा लाग्ने भएकाे छ।

आइतबार दिउँसो १२ बजेदेखि हलमा चलचित्र लाग्दैछ। जसमध्ये भीमसेन लामाको निर्देशनमा बनेको चलचित्र कठपुतली र निकेश खड्काको निर्देशनमा बनेको चलचित्र चपली हाइट ३ गरी २ नेपाली चलचित्र प्रदर्शन हुँदैछन्। स्पाइडर म्यान नो वे होम र वर्ल्ड हिरोज मिसन कार्टुन प्रदर्शनमा राखिएका छन्। यी सबै चलचित्र र कार्टुनहरु यसअगाडि नै प्रदर्शन भइसकेका छन्।

यीमध्येमा चपली हाइट ३ मात्रै पछि प्रदर्शन भएर कोरोना भाइरस महामारीको चपेटामा परेको चलचित्र हो। पुस ३० गते प्रदर्शनमा आएको यो चलचित्र केही दिनमा नै सरकारले हल बन्द गर्ने निर्णय गरेपछि प्रभावित भएको थियो।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago