आजदेखि हल खुल्दै : कठपुतली र चपली हाइट प्रदर्शन

२०७८, १ फाल्गुन आईतवार १०:५०

काठमाडौँ – कोरोना भाइरस माहामारीको तेस्रो लहर सुरु भएपछि बन्द भएको हल आजबाट खुल्दैछ। सरकारले अवस्था सामान्य हुन थालेपछि हल खोल्ने अनुमति दिएको हो।

हल खुल्ने भनेपछि बनेका चलचित्रहरुले भटाभट प्रदर्शन मिति तोकिरहेका छन्। तर तेस्रो लहरपछि खुलेको हलमा भने पहिले नै प्रदर्शन भएका चलचित्रहरुलाई हलमा लाग्ने भएकाे छ।

आइतबार दिउँसो १२ बजेदेखि हलमा चलचित्र लाग्दैछ। जसमध्ये भीमसेन लामाको निर्देशनमा बनेको चलचित्र कठपुतली र निकेश खड्काको निर्देशनमा बनेको चलचित्र चपली हाइट ३ गरी २ नेपाली चलचित्र प्रदर्शन हुँदैछन्। स्पाइडर म्यान नो वे होम र वर्ल्ड हिरोज मिसन कार्टुन प्रदर्शनमा राखिएका छन्। यी सबै चलचित्र र कार्टुनहरु यसअगाडि नै प्रदर्शन भइसकेका छन्।

यीमध्येमा चपली हाइट ३ मात्रै पछि प्रदर्शन भएर कोरोना भाइरस महामारीको चपेटामा परेको चलचित्र हो। पुस ३० गते प्रदर्शनमा आएको यो चलचित्र केही दिनमा नै सरकारले हल बन्द गर्ने निर्णय गरेपछि प्रभावित भएको थियो।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु