नेको इन्स्योरेन्सको खुद नाफामा ४३% को गिरावट, बीमालेख संख्या पनि घट्यो

काठमाडौं: निर्जीवन बीमा व्यवसाय गर्ने नेको इन्स्योरेन्स लिमिटेड (NIL) ले आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमासको वित्तिय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले यस त्रैमास सम्ममा रु.१५.०२ करोड खुद नाफा आर्जन गरेको छ। खुद नाफा अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासको तुलनामा ४३.१०% ले कमी रहेको छ। खुद नाफा घटेसँगै कम्पनीको प्रति शेयर आम्दानी रु.४०.०८ बाट घटेर रु.१९.७५ कायम हुन आएको छ।

लगानी तथा कर्जा वापत आयमा सामान्य वृद्धि आए पनि कुल आयमा उच्च ४०.७५% को गिरावट आएकोले कम्पनीको खुद नाफा घटेको हो।

रु.१.५२ अर्ब चुक्ता पूंजी रहेको कम्पनीको जगेडा कोष १६.७२% ले घटेर रु.५३.५६ करोड कायम हुन आएको छ। यस्तै, बीमा कोष बढेर रु.१.१७ कायम भएको छ भने कुल शेयरधनीकोषमा रु.३.३० अर्ब कायम रहेको छ। शेयरधनीकोष अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९.६५% बढेको छ। शेयरधनीकोष बढे पनि शेयर संख्या बढेकोले प्रति शेयर किताबी मुल्य भने रु.२२९ बाट घटेर रु.२१७.४० कायम हुन आएको छ। हाल बीमा कोष र चुक्ता पूंजीको अनुपात ७७.१९% रहेको छ। बीमा कोष चुक्ता पूंजीको शत प्रतिशत नहुँदा सम्म कम्पनीले खुद नाफाको ५०% रकम यस कोषमा जम्मा गर्नु पर्ने व्यवस्था रहेको छ।

समिक्षा अवधिमा इन्स्योरन्सद्वारा जारी गरिएको बीमालेख संख्यामा गिरावट आए पनि बीमाशुल्क संकलन भने बढेको छ। इन्स्योरन्सले यस आर्थिक वर्षमा मात्र १ लाख ६५ हजार २ सय ५६ बिमालेख जारी गरी रु.१.५८ अर्ब आर्जन गरेको छ। जारी गरिएको बीमालेख अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.४१% ले घटेको छ।

त्यस्तै, अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रु.३.४३ अर्ब रहेको कुल लगानी दोश्रो त्रैमाससम्म आईपुग्दा रु.४.३० अर्ब रहेको छ जस मध्य रु.४८.७५ करोड करोड दिर्घकालिन समयको लागि रहेको छ भने बाँकी रु.३.८१ अर्ब अल्पकलिन समयको लागि रहेको छ। कुल लगानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा २५.३४% ले बढि रहेको हो।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago