स्वाप रेसियो १०० : ४३ मान्यता सहित नबिलले एनबि बैंकलाई प्राप्ती गर्ने सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौँ । नबिल बैंक लिमिटेडले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्ने सम्झौता भएको छ । बिहिबार १०० : ४३ स्वाप रेसियोमा नबिल बैंकले एनबिलाई प्राप्ति गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा नबिल बैंक र नेपाल बंगलादेश बैंकका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

नबिल बैंक लिमिटेडले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्ने काम सम्पन्न भएपछी नबिल बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु हुनेछ । बिहिबार यस्तो सम्झौता भएसंगै अव आइतबारबाट नेप्सेमा नेपाल बंगलादेश बैंकको सेयर कारोबार बन्द हुनेछ । यो प्रक्रिया नबिल र एनबिबीच मर्जर नभई नबिलले एनबिलाई प्राप्ति गर्ने भएकाले नबिल बैंकको सेयर कारोबार पनि यथावत नै रहनेछ । केहि समय अगाडी नबिल बैंक लिमिटेडले युनाइटेड फाइनान्सलाई समेत प्राप्ति गरेको थियो ।

यद्यपी नबिल र एनबिबीचको प्राप्ति प्रक्रियामा दुगड ग्रुपको मुद्धा के हुन्छ भन्ने विषय पनि चौतर्फी चासोको विषय बनेको छ । एनबी बैंकमा रहेको आईएफआईसी बैंकको सेयर आफुले किन्ने सम्झौता भइसकेको र अर्को पक्षलाई बिक्री गर्न नमिल्ने भन्दै सनराइज बैंकका अध्यक्ष मोतीलाल दुगडले अदालतमा मुद्दा दायर गरेका थिए भने अदालतले सो सेयर कसैलाई बिक्री नगर्न आदेश दिइसकेको छ । यद्यपी यो मुद्धा आफ्नो पक्षमा हुने भन्दै चौधरी समूहले प्राप्ति प्रक्रिया अगाडी बढाउने अडान लिएपछि बिहिबार अन्ततः नेपाल बंगलादेश बैंकलाई बि लिने सम्झौता भएको हो ।

आन्तरिक सम्झौताअनुसार प्राप्तिपछिको नबिल बैंकमा नेपाल बंगलादेश बैंकबाट भर्खरै बिदा भएका निवर्तमान सीइओ ज्ञानेन्द्र ढुंगाना प्रमुख कार्यकारी अधिकृत बन्नेछन् भने नबिल बैंकका हालका अध्यक्ष उपेन्द्र पौडेल बैंकको अध्यक्ष बन्नेछन् । नबिल बैंक लिमिटेडका अहिलेका सीइओ अनिल केशरी शाहको कार्यकाल केहि समयपछि सकिदैछ ।

बंगलादेश बैंकका कर्मचारीहरु केहि पद घटुवा हुनेगरी नबिलमा एडजष्ट हुनेछन् भने एकिकृत बैंकको नाम नबिल बैंक लिमिटेड नै रहनेछ । सन् १ ९ ८४ मा स्थापित नबिल बैंकले हाल १३५ शाखा , १८८ एटिएम र १,५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरुमार्फत ग्राहकहरुलाईसेवा प्रदान गर्दै आएको छ भने नेपाल बंगलादेश बैंकले १०० शाखा , १० एक्सटेन्सन काउन्टर तथा ८४ वटा ATM बाट बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago