बतास समूहसँग गरिएको नारायणहिटी दरबार संग्रहालयको क्याफेटेरिया सञ्चालन गर्ने सम्झौता तोडिने

काठमाडौँ । बतास समूहसँग गरिएको नारायणहिटी दरबार संग्रहालयको क्याफेटेरिया सञ्चालन गर्ने सम्झौता तोडिने भएको छ।

कानुनविपरीत ठेक्का सम्झौता रहेको छानबिन समितिले प्रतिवेदन दिएसँगै बताससँग ठेक्का सम्झौता तोड्ने प्रक्रिया थालिएको हो।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले बताससँगको ठेक्का सम्झौता तोडिने बताए।

‘यसका कानुनी कुराहरू के छन्, ती सबै कुरा बुझ्ने काम भइरहेको छ, बताससँग ठेक्का सम्झौता रहन्न,’ मन्त्री आलेले बताए ।

मन्त्री आलेले नारायणहिटी दरबार संग्रहालयमा क्यान्टिन बनाउन अब नयाँ ठेक्का पनि नलाग्ने बताए। त्यहाँ रहेको संरचना खाली रहेको विषयमा के गर्ने भन्ने निर्णय गरिने उनले बताए।

‘नारायणहिटीमा नयाँ ठेक्का कसैलाई दिइँदैन, त्यो संरचना के गर्न भन्ने निर्णय हुन्छ,’ आलेले भने।

बतास समूहले मनपरी संरचना बनाएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा गठित छानबिन समिति गठन गरेको थियो। ती संरचना मन्त्रालयले भत्काइसकेको छ।

गणतन्त्र स्थापनापछि संस्कृति मन्त्रालय मातहत राखिएको नारायणहिटी दरबार संग्रहालयलाई विकास समितिमा लैजाने निर्णय तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईको पालामा भएको थियो।

उनले २०७६ मंसिर २ गते यसलाई ‘नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समिति’का रूपमा परिणत गरेका थिए।

यो निर्णयले नारायणहिटी दरबारका संरचनालाई व्यावसायिक प्रयोजनमा ल्याउन सजिलो हुँदै गयो।

विकास समितिमा रूपान्तरण गरेपछि नै भेषनारायण दाहाललाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको थियो। उनी पुरातत्व विभागबाट रिटायर्ड सहसचिव हुन्।

नारायणहिटी प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गर्ने भएका छन्। त्यो अनुसन्धानपछि क–कसको के संलग्नता भन्ने सप्षट हुने मन्त्री आलेले बताए।

‘नारायणहिटीमा संगठित तरिकाले कौडीको भाउमा भाडामा लगाउने, जथाभावी संरचना बनाउन दिने लगायतका काम भएका छन्,’ आलेले भने।

२०७७ साउनमा क्यान्टिन भाडामा लगाउने भनी टेन्डर आह्वान गरियो। पहिलो एक महिनाको अवधिमा कसैले टेन्डर भरेनन्। पन्ध्र दिन समय थपेपछि तीन वटा कम्पनी प्रतिस्पर्धामा आए।

त्यसमध्ये विकास समितिले बतास ग्रुपसँग २०७७ पुसमा सम्झौता गरेको थियो। सम्झौताअनुसार २ लाख २० हजार रुपैयाँ मासिक भाडा बुझाउनुपर्ने थियो।

Comments
Sanjay poudyal

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago