एमालेको समानुपातिक उम्मेदवारको सूचीमा झापाका ८ जना (नामावलीे)

झापा,  नेकपा (एमाले)को प्रतिनिधिसभाका समानुपातिक उम्मेदवारहरूको सूचीमा झापाका ८ जना परेका छन् ।

एमालेले ११० उम्मेदवारको नाम निर्वाचन आयोगमा बुझाउनुपर्नेमा १०९ जनाको मात्रै नाम बुझाएको छ । ती नाममा झापाका ८ जना परेका हुन् । झापाबाट सुनिता बराल, नर्वदादेवी शिवाकोटी पाठक , निरमाया पुलामी , कालुराम राई , भीमबहादुर खवास , हर्कमाया विश्वकर्मा , अन्जु प्रसाई बर्देवा र अमृतलाल राजवंशी समानुपातिक उम्मेदवार बनेका हुन् । समानुपातिक उम्मेदवारहरुको एक नम्बरमा मेनकाकुमारी पोखरेललाई राखिएको छ । त्यस्तै, पुरुष खसआर्यको पहिलो नम्बरमा रघुजी पन्तको नाम छ । मेनका एमाले महासचिव शंकर पोखरेलकी बहिनी हुन् भने पन्त एमालेको स्थायी समिति सदस्य हुन् । एमालेले समानुपातिकको दोस्रो नम्बरमा सरिता भुसाललाई राखेको छ भने तेस्रो नम्बरमा शोभा ज्ञवाली रहेकी छन् । त्यस्तै, अनेरास्ववियुकी अध्यक्ष सुनिता बराल सूचीको आठौं नम्बरमा छिन् ।एमालेमा पछिल्लो समय प्रवेश गरेका पूर्वसांसदहरू अमृतादेवी अग्रहरि ९० र रुही नाज १०६ नम्बरमा राखिएको छ ।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago