एमालेको समानुपातिक उम्मेदवारको सूचीमा झापाका ८ जना (नामावलीे)

झापा,  नेकपा (एमाले)को प्रतिनिधिसभाका समानुपातिक उम्मेदवारहरूको सूचीमा झापाका ८ जना परेका छन् ।

एमालेले ११० उम्मेदवारको नाम निर्वाचन आयोगमा बुझाउनुपर्नेमा १०९ जनाको मात्रै नाम बुझाएको छ । ती नाममा झापाका ८ जना परेका हुन् । झापाबाट सुनिता बराल, नर्वदादेवी शिवाकोटी पाठक , निरमाया पुलामी , कालुराम राई , भीमबहादुर खवास , हर्कमाया विश्वकर्मा , अन्जु प्रसाई बर्देवा र अमृतलाल राजवंशी समानुपातिक उम्मेदवार बनेका हुन् । समानुपातिक उम्मेदवारहरुको एक नम्बरमा मेनकाकुमारी पोखरेललाई राखिएको छ । त्यस्तै, पुरुष खसआर्यको पहिलो नम्बरमा रघुजी पन्तको नाम छ । मेनका एमाले महासचिव शंकर पोखरेलकी बहिनी हुन् भने पन्त एमालेको स्थायी समिति सदस्य हुन् । एमालेले समानुपातिकको दोस्रो नम्बरमा सरिता भुसाललाई राखेको छ भने तेस्रो नम्बरमा शोभा ज्ञवाली रहेकी छन् । त्यस्तै, अनेरास्ववियुकी अध्यक्ष सुनिता बराल सूचीको आठौं नम्बरमा छिन् ।एमालेमा पछिल्लो समय प्रवेश गरेका पूर्वसांसदहरू अमृतादेवी अग्रहरि ९० र रुही नाज १०६ नम्बरमा राखिएको छ ।

Sanjay poudyal

Recent Posts

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago

प्रधानसेनापति सिग्देलको आह्वान : शान्ति, सुरक्षा र राष्ट्रिय एकताको साझा दायित्व

२४ भदौ, काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलनरत पक्षलाई शान्तिपूर्ण निकासका लागि वार्तामा…

56 years ago

प्रधानसेनापति अशोकराज सिग्देलले सम्बोधन गर्दै

२४ भदौ, काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले केही बेरमा राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।…

56 years ago

सिंहदरबारको मुख्य भवनमा आगजनी

२४ भदौ, काठमाडौं । प्रदर्शनकारीहरूले सिंहदरबारको मुख्य भवनमा आगजनी गरेका छन्। भवनका कोठा-कोठामा आगो फैलिएको…

56 years ago