सत्ता गठबन्धनमा सिट बाँडफाँटको सहमतिमा , झापामा कुन क्षेत्र कसलाई ?

झापा, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई सिट बाँडफाँटको जिम्मेवारी अन्य दलको सहमतिमा नेपाली कांग्रेसले गर्ने गरी सत्तारुढ गठबन्धनमा प्रतिनिधिसभा तथा प्रदेशसभा भागबन्डा टुंगिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको गठबन्धनको बैठकले नेकपा माओवादी केन्द्रलाई ४५, एकीकृत समाजवादीलाई २० र राष्ट्रिय जनमोर्चालाई २ स्थान दिने गरी बाँडफाँट गरेको हो । बाँकी ९८ स्थानमा कांग्रेस र लोपसाबीच भागबन्डा हुनेछ ।

लोसपाले प्रतिनिधिसभाका १५ स्थानमा दाबी गरेको छ । कांग्रेस स्रोतका अनुसार गठबन्धनको नवप्रवेशी दल लोसपालाई प्रतिनिधिसभा १० स्थान र प्रदेशसभामा १९ स्थान दिन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा सकारात्मक छन् ।

झापाको पाँच निर्वाचन क्षेत्रमध्ये चारवटा( १,३,४ र ५) कांग्रेसले पाएको छ भने २ नं क्षेत्र माओवादीले हात पारेको छ । त्यस्तै जिल्लाका १० वटा प्रदेश क्षेत्रमध्ये पाँचवटा कांग्रेसलाई , चारवटा माओवादीलाई र एउटा एकीकृत समाजवादी पार्टीलाई मिलेको छ ।

सत्तारुढ गठबन्धनबीच भएको सहमति

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago