यसपाली मखमली र गोदावरी मालाको मूल्य बढ्ने !

काठमाडौं: यो वर्ष तिहारमा २० लाख सयपत्री माला बजारमा आउने भएको छ। बजारमा चलहलपहल बढेकाले यसपाली तिहारमा सयपत्री फूलको कारोबार १० प्रतिशतले बढ्ने अनुमान नेपाल फ्लोरी कल्चर एसोसिएसनको छ।

कारोबार बड्ने अनुमानसँगै फूल र मालाको आपू्र्ति व्यवस्थापन भइरहेको छ। यो वर्ष अहिल्ला वर्षको भन्दा तीन लाखभन्दा बढी सयपत्री मालाको कारोबार हुने अनुमान गरेको एसोसिएसनका अध्यक्ष मिनबहादुर तामाङले बताए। ‘तिहारमा २० लाख सयपत्री फूल, ३ लाख मखमली र २० हजार गोदावरी माला खपत हुने अनुमान गरेका छौं,’ उनले भने।

‘पोहोर कोरोनाको डर थियो। अहिलेको अवस्था अनुसार यसपटकको तिहारमा सयपत्री फूलको माग बढ्ने अनुमान गरिएको हो,’ उनले भने।यसपटक अपेक्षित परिमाणमा स्वदेशी सयपत्री फूलले बजार लिने अनुमान व्यवसायीको छ। अघिल्लो वर्ष वर्षाले फूल उत्पादनमा कमी आए पनि अहिले भने फूलको उत्पादन पनि बढेको उनले बताए।

तिहारका लागि १७ लाख माला स्वदेशी हुनेछ भने ३ लाख भारतबाट आयात गरिने अध्यक्ष तामाङले बताए। ‘स्वदेशी उत्पादनले मात्र बजारको माग नधान्ने भएकाले आयात गर्न लागेका हौं,’ उनले भने, ‘मखमली फूलको माला आन्तरिक उत्पादनले पुग्छ, त्यो चाहिँ आयात गर्न पर्दैन।’ मखमली फूल पर्याप्त भएका खण्डमा व्यवसायीहरु एक लाख माला निर्यात गर्ने तयारीमा छन्।

अघिल्लो वर्ष पनि अनुमान गरेभन्दा बढी सयपत्री फूलको माला बिक्री भएको उनले बताए। एसोसिएसनले करिब १५ लाख ५० हजार माला खपत हुने अनुमान गरेको थियो। तर १८ लाख १५ हजार सयपत्री मालाको खपत भएको थियो।

तिहारमा ११ करोड रुपैयाँको सयपत्री फूल र १ करोड ३० लाख रुपैयाँको कारोबार हुने अनुमान छ। गत वर्ष १० करोड बराबरको सयपत्री फूल र एक करोड रुपैयाँभन्दा बढी मखमली मालाको बिक्री भएको थियो।

एसोसिएसनले हरेक वर्ष तिहारमा १० देखि १५ प्रतिशत सयपत्री फूलको आयात गर्ने गरेको छ। सयपत्री फूलको माग ग्रामीण क्षेत्रमा शतप्रतिशत आन्तरिक उत्पादनले नै धान्ने गरेको छ भने सहरी क्षेत्रमा ८५ प्रतिशत आन्तरिक तथा १५ प्रतिशत आयातले पुरा गर्ने गरिएको छ।

पछिल्लो समय सयपत्री फूलको व्यवसायिक उत्पादन सातै प्रदेशमा भइरहेको छ। प्रदेश सरकारहरुले व्यवसायिक फूलखेतीमा लगानी गर्न थालेपछि उत्पादन बढ्न थालेको एसोसिएसनले जनाएको छ।

यतिबेला सयपत्री फूलको उत्पादन काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, चितवन, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, गोरखा, मकवानपुर, रामेछाप, झापा, इलाम, धनकुटा, मोरङ, धनुषा, सर्लाही, सप्तरी, कास्की, स्याङ्जा, बाँके, पाल्पा, तनहुँ, दाङ र कैलालीमा हुने गरेको छ।

मखमली फूलको व्यवसायिक खेती धैरैजसो काठमाडौं उपत्यका केन्द्रित छ। ईचंगुनारायण, भक्तपुरको गुण्डु, ललितपुरको गोदावरी, बडिखेल, कैलाली, पाल्पा, धादिङ र इलाममा मखमलीको व्यवसायिक खेती भइरहेका छन्।

यसपाली मखमली र गोदावरी मालाको मात्र मूल्य बढ्ने
एसोसिएसनका अनुसार तिहारमा सयपत्री मालाको थोक मूल्य नबढ्ने भएको छ। गत वर्ष एक मिटर सयपत्री मालाको किसान मूल्य ५५ रुपैयाँ तोकिएको थियो। यो वर्ष सोही मूल्य कायम हुने अध्यक्ष तामाङले बताए।

मखमली मालाको थोक मूल्य ५ रुपैयाँ बढेको छ। गत वर्ष ३५ रुपैयाँ रहेको मालाको मूल्य बढेर ४० रुपैयाँ पुगेको छ। गोदावरी फूलको माला पनि प्रतिगोटा ४ सय रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सो माला प्रतिगोटा ३ सय ५० रुपैयाँ थियो।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago