अवैध आयात र राजस्व चुहावटको नियन्त्रणमा प्रहरी–प्रशासनको असहयोग

विराटनगर: अवैध आयात र राजस्व चुहावटको नियन्त्रणमा प्रहरी–प्रशासनको असहयोग भएपछि देशभरिका भन्सार कार्यालय आफैँले मङ्गलबारदेखि सीमा क्षेत्रमा गस्ती थालेका छन्। भन्सार विभागको परिपत्रबमोजिम देशभरिका भन्सार कार्यालयले एकै दिनदेखि गस्ती सुरु गरेका हुन्।

चालु आर्थिक वर्षको असोज मसान्तभित्र लक्ष्यको एक तिहाइभन्दा बढीले भन्सारको राजस्व सङ्कलनमा ह्रास आउने देखेपछि भन्सार विभागले गस्तीको कार्यक्रमलाई अघि बढाएको हो।

विभागका प्रवक्ता पुण्यविक्रम खड्काले देशभरिका भन्सार कार्यालयलाई परिपत्र गरिएको पुष्टि गरे। उनका अनुसार मङ्गलबारदेखि नै गस्ती गर्न निर्देशन दिइएको छ।

साथै गस्तीका लागि प्रत्येक महिनाको मसान्तभित्र आउँदो महिनाको तालिका बनाएर विभागमा पठाउन पनि परिपत्रमा भनिएको छ। परिपत्रमा गस्तीको प्रत्येक दिनको प्रगति–विवरण उल्लेख गरेर विभागमा तत्काल प्रेषित गर्नसमेत निर्देशन दिइएको छ।

‘गस्तीले सीमा क्षेत्रमा गस्ती गर्ने त छँदैछ’, प्रवक्ता खड्काले भने, ‘व्यवसायीका गोदाममा गएर स्टक परीक्षणसमेत गर्नसक्नेछ।’

परिपत्रमा जिल्लामा प्रजिअका नेतृत्वमा रहेको राजस्व चुहावट नियन्त्रण समितिलाई पनि सक्रिय बनाउन अनुरोध गर्न र भन्सारको छुट्टै गस्तीका लागि सुरक्षाकर्मीको आवश्यक परे प्रजिअसित समन्वय गर्न भनिएको छ।

साथै कुनै पनि भन्सार कार्यालयको कार्यक्षेत्रमा विभागबाट राजस्व चुहावट नियन्त्रणका लागि कुनै पनि वेला टोली आउनसक्ने जानकारी पनि परिपत्रमा गराइएको छ।

उनले अब भन्सार कार्यालयले गस्ती कार्यलाई निरन्तरता दिने बताए।

परिपत्रमा जिल्लाको राजस्व चुहावट नियन्त्रण समितिको बैठक पनि तत्काल राख्न र यसलाई नियमित बनाउन सबै भन्सार कार्यालयलाई निर्देशन गरिएको छ।

प्रवक्ता खड्काले गत साउन र भदौमा भन्सार विभागले ३ प्रदेशमा ५ वटा फ्लाइङ स्क्वाड पठाएको जानकारी दिए।

उनले सुनाए, ‘ती फ्लाइङ स्क्वाड प्रदेश नम्बर १, मधेस प्रदेश र लुम्बिनी प्रदेशको नेपालगञ्जसम्मका लागि पठाइएको थियो। ती स्क्वाडले सफलतापूर्वक काम सम्पन्न गरेको विभागको अनुभव छ। साथै पाँचै वटा स्वाडले भन्सार क्षेत्रभन्दा बाहिरबाट अवैध आयातका कारण ठुलो मात्रामा राजस्व चुहावट भइरहेको भनी एकै आशयको प्रतिवेदन विभागलाई बुझाएका छन्।’

प्रवक्ता खड्काले अवैध आयातकै कारण चालु आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिमा भन्सार विभागले लक्ष्यको ६७ प्रतिशतमात्र राजस्व सङ्कलन गर्नसक्ने स्पष्ट पारे।

विराटनगर भन्सार कार्यालयका प्रमुख ताराप्रसाद सापकोटाले विभागको परिपत्रबमोजिम सीमा क्षेत्रमा मङ्गलबारदेखि गस्ती सुरु भइसकेको जानकारी दिए।

प्रमुख सापकोटाका अनुसार कार्यालयले भारतीय मालवस्तुको सीमा क्षेत्र हुँदै गरिने अवैध आयात कुन समयमा हुन्छ भनेर कार्यालयले पत्ता लगाएको छ। जसअनुसार सोही समयमा गस्तीलाई प्रभावकारी बनाइनेछ।

सापकोटाले सीमा क्षेत्रमा बिहान ५ देखि ६, मध्याह्न १२ देखि १ र साँझ ६ देखि ८ बजेसम्म गस्तीलाई विशेष परिचालन गरिने बताए।

गृहलाई छैन जानकारी

देशभरिका भन्सार कार्यालयले एकै दिनदेखि सीमा क्षेत्रमा गस्ती गर्ने जानकारी गृह मन्त्रालयलाई भने छैन। मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले भन्सारको गस्तीबारे गृहलाई कुनै जानकारी नभएको उत्तर दिए।

प्रवक्ता पोखरेलले भने, ‘सीमा क्षेत्रमा अधिकारप्राप्त कुनै पनि सरकारी निकायले गस्ती गर्नु राम्रो कुरा हो। तर भन्सारले गस्ती गर्ने बारे हामीलाई कुनै औपचारिक–अनौपचारिक जानकारी छैन।’

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago