निर्वाचित वडाध्यक्षविरुद्ध नाबालिक बलात्कार आरोपमा

बारा: निजगढ नगरपालिका- २ का वडा अध्यक्ष राजु श्रेष्ठ (राजन)विरुद्ध एक नाबालिकलाई जबर्जस्ती करणीको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन् । पीडितका तर्फबाट वडाध्यक्ष श्रेष्ठविरुद्ध मंगलबार ईलाका प्रहरी कार्यालय निजगढमा जाहेरी परेको हो ।

श्रेष्ठले १५ वर्षकी नाबालिकालाई जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । दसैँको टिकाका दिन असोज १९ गते अध्यक्ष श्रेष्ठले आफ्नै घरमा आफूमाथि जबर्जस्ती करणी गरेको जाहेरी किशोरीले दिएकी हुन् । अध्यक्ष श्रेष्ठविरुद्ध उजुरी परेको प्रहरी स्रोतले पुष्टि गर्‍यो ।

‘अध्यक्ष श्रेष्ठविरुद्ध जबर्जस्ती करणीको आरोपमा पीडितका तर्फबाट उजुरी आएको छ, उजुरीमाथि प्रहरीले अनुसन्धान अघि बढाइसकेको र यस विषयमा अहिले बाहिर केही उल्लेख गर्न मिल्दैन,’ प्रहरी स्रोतले भन्यो ।

तर, यो विषय प्रारम्भिक अनुसन्धान भइरहेको भन्दै प्रहरीका कुनै पनि अधिकारी औपचारिक रूपमा बोल्न मानेनन् । गत वैशाखमा भएको स्थानिय निर्वाचनमा श्रेष्ठ नेपाली कांग्रेस पार्टीबाट वडाध्यक्षमा विजयी भएका थिए ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago