काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कोभिडविरुद्धको २४ लाख डोज खोपमा सरकारले कमिशन लिएको आशंका गरेको छ । एमाले सांसद खगराज अधिकारीले २४ लाख खोपमा कमिशन लिएका कारण हराएको आशंका व्यक्त गरे ।
पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका सांसद अधिकारीले २४ लाख कोभिडविरुद्धको खोपबारे संसदलाई यथार्थ जानकारी गराउन सरकारसँग माग गरेका छन् । उनले कोभिडविरुद्धको खोप कहाँ कसरी हराएको हो सोबारे जवाफ दिन सरकारसँग माग गरे ।
आजको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०७९ अन्तरगतको विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले सो खोपबारे आफूहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको समेत ध्यानाकर्षण गराएको भन्दै अबिलम्ब यथार्थ जानकारी दिन माग गरे ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…