वीरेन्द्रनगर: कर्णाली प्रदेश सरकारले प्रदेश र जिल्लाका उत्कृष्ट दुई उद्यमीलाई सम्मान गरेको छ । चालु आर्थिक वर्षमा प्रदेशभर उत्कृष्ट काम गर्ने उद्यमीलाई दुई लाख र सुर्खेत जिल्लामा राम्रो काम गर्ने उद्यमीलाई एक लाख रुपैयाँ नगदले सम्मान गरिएको हो ।
उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयमा आइतबार आयोजित कार्यक्रममा उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री छिरिङ डम्डुल लामा कार्चेनले उद्यमीलाई नगदसहित सम्मान गरेका हुन् । सम्मानित हुनेहरुमा प्रदेशभर उत्कृष्ट काम गरी कुशे गाउँपालिका–८ स्थित जलजला नेपाली हाते कागज उद्योगका सञ्चालक मानबहादुर थापा र सुर्खेतबाट ग्लोबल च्याउ तथा कृषि उद्योगका सञ्चालक वसन्तीकुमारी अधिकारी छन् । उनीहरुलाई नगद दुई लाख र एक लाख रुपैयाँसहित सम्मान पत्रले सम्मान गरिएको हो ।
कार्यक्रममा बोल्दै मन्त्री लामाले कर्णालीका उद्यमीहरुलाई तालिमसहित आवश्यक उपकरणको व्यवस्था गरिदिने बताए । तालिम प्राप्त गरी उत्कृष्ट काम गर्नेलाई सरकारले सम्मान गर्ने उनको भनाइ छ । आगामी बजेटमा उद्यमीमैत्री कार्यक्रम र सहुलियतमा ऋण दिने व्यवस्था प्रदेश सरकारले गर्ने मन्त्री लामाले जनाए ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…