गरे के हुदैन रछत ! ७५ किलोमिटर लामो कालोपत्रे सहितको राजमार्ग पाँच दिनमै तयार

भारतले ७५ किलोमिटर लामो कालोपत्रे सहितको राजमार्ग पाँच दिनमै तयार पारेको छ। यससँगै सबैभन्दा कम अवधिमा सडकको लामो दुरी निर्माण गर्ने रेकर्डमा भारतले कतारलाई उछिनेको छ।
भारतका केन्द्रीय मन्त्री नितिन गडकरीले भारतीय राष्ट्रिय राजमार्ग प्राधिकरण (एनएजएआई) ले १०५ घण्टा ३३ मिनेट अर्थात् पाँ दिनमै एउटै लेनमा ७५ किलोमिटर लामो दुरीको कालोपत्रे सडक बनाएर नयाँ गिनिज वर्ल्ड रेकर्ड बनाएको खुलासा गरेका छन्।

ट्विटरमा अपलोड गरिएको एक भिडियो सन्देशमा गडकरीले भारतको स्वतन्त्रताको ७५ वर्षको सम्झना र प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको ‘आजादीका अमृत महोत्सव’को औचित्यमा एनएजएआईले विश्व कीर्तिमान बनाएको बताएका छन्। यसलाई गिनिज वर्ल्ड रेकर्ड्सले प्रमाणित समेत गरेको उनले उल्लेख गरेका छन्।

अमरावती र अकोला जिल्लाबीचको राष्ट्रिय राजमार्ग नं ५३ मा एउटै लेनमा उक्त राजमार्गको ७५ किलोमिटर पाँच दिनमा कालोपत्रे गरेर नयाँ कीर्तिमान बनेको हो।

यसअघि गिनिज वर्ल्ड रेकर्डमा सबैभन्दा लामो लगातार निर्माण गरिएको कालोपत्रे सडक २५.२७५ किलोमिटरको थियो। २०१९ फेब्रुअरीमा कतारको दोहामा निर्माण भएको उक्त सडको काम पूरा हुन १० दिन लागेको थियो।

७५ किलोमिटर सिंगल-लेन निरन्तर कालोपत्रे गरिएको सडक दुई लेनको पक्की सडकको ३७.५ किलोमिटर मान्न सकिन्छ। यसको निर्माण कार्य जुन ३, २०२२ मा बिहान ७:२७ मा सुरु भएको थियो भने २०२२ जुन ७ को साँझ ५ बजे समाप्त भएको हो।

यो दुरीको सडक तयार पार्न २ हजार ७० मेट्रिक टन बिटुमिनसहित ३६ हजार ६३४ मेट्रिक टन बिटुमिनस मिक्सको प्रयोग गरिएको बताइएको छ।आयोजनामा ​​७२० जनाले काम गरेको र स्वतन्त्र परामर्शदाताको टोलीले अहोरात्र खटेर काम सम्पन्न गरेको गडकरीले बताएका छन्।

राष्ट्रिय राजमार्गको ५३ नम्बर खण्डलाई उनले अमरावतीलाई अकोला खण्डमा विस्तार गरेका छन्, जुन कोलकात्ता, रायपुर, नागपुर र सूरत जस्ता प्रमुख शहरहरू जोड्ने महत्त्वपूर्ण पूर्व-पश्चिम करिडोर हो। यो सडकले यस रुटमा ट्राफिक र मालवस्तु ढुवानीको समय कम गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।

गडकरीले एनएजएआई र राज पाथ इन्फारकन प्रालि लगायतका इन्जिनियरहरू, ठेकेदारहरू, सल्लाहकारहरू र कामदारहरूलाई परियोजनाको कुशल कार्यान्वयनका लागि प्रशंसा सहित विश्व रेकर्डको कायम गर्न सफल योगदान पुर्याएकोमा धन्यवाद समेत दिएका छन्।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago