काम पनि नगर्ने गर्नपनि नदिने गनगने घनश्याम भुसाल , गफाडीको अखडा जमाउँदै!

काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक जेठ ३० गते बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बस्ने पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । बैठकमा मुख्यगरी स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई कारबाहीको विषयमा केन्द्रित हुनेछ । यसबाहेक बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, आउँदै गरेको संघीय निर्वाचन र पार्टीको आगामी कार्ययोजनालगायतका विषयमा पनि छलफल हुनेछ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध भुसालले आलोचनात्मक अभिव्यक्ति दिएको भन्दै गत बुधबार अनुशासन आयोगका अध्यक्ष केशव बडालको अध्यक्षतामा बैठक बसेको थियो । अनुशासन आयोगले सोझै कारबाही गर्न नमिल्ने भएपछि कारबाही सिफारिस पत्र एमाले सचिवालयमा पुगेको छ । भुसाललाई कारबाही गर्ने वा नगर्ने भन्ने निर्णय सोमबार बस्ने सचिवालय बैठकले गर्नेछ ।

भुसालले अध्यक्ष ओलीको कार्यशैलीकै कारण स्थानीय निर्वाचनमा पार्टीले पराजय बेहोरेको बताउँदै आएका छन् । उनले केही तीन साताअघि एक टेलिभिजन अन्तर्वार्तामा पनि ओलीको कार्यशैलीको कडा आलोचना गरेका थिए ।

उक्त अन्तर्वार्तापछि ओलीले भुसाललाई कारबाही गर्न निर्देशन दिएको बताइन्छ ।

भुसालले भने आफूलाई कारबाही गर्न नमिल्ने बताउँदै आएका छन् । केही दिनअघि इकागजसँगको कुराकानीमा उनले नमिल्ने कारबाही गरिए आफूले उठाउँदै आएको विषय प्रमाणित हुने तर्क गरेका थिए ।

‘पहिलो कुरो कारबाही गर्ने भन्ने कुरो अनौपचारिक रूपमा सुनेको मात्रै छु । औपचारिक रूपमा कसैले भनेको छैन,’ उनले भने, दोस्रो कुरा कारबाही गर्न मिल्दैन । नमिल्ने कारबाही यदि उहाँहरूले गर्नुभयो भने मैले भनेकै कुरा प्रमाणित हुन्छ । पार्टी विधिमा चलेको छैन र पार्टीमा समस्या छ ।’

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago