काठमाडौँको फोहोर व्यवस्थापन हुँदैन, वैज्ञानिक प्रक्रिया अवलम्बन गर्नुपर्ने

काठमाडौँ: जनता समाजवादी पार्टी नेपालकी सांसद रेनुका गुरुङले काठमाडौंको फोहोर व्यवस्थापनका लागि वैज्ञानिक प्रक्रिया अवलम्बन गर्नुपर्ने बताएकी छिन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद गुरुङले बञ्चरेडाँडामा ल्याण्डफिल साइटमा फोहोर डम्पिङ गरेर मात्रै समस्याको समाधान नहुने बताइन् ।

उनले काठमाडौँको फोहोरको दिगो व्यवस्थापनका लागि वैज्ञानिक प्रक्रिया अवलम्बन गर्नुपर्नेमा जोड दिदैँ मन्त्रालयको सोच के छ भन्ने प्रश्न गरिन् । उनले फोहोरबाट कम्पोष्ट मलको फ्याक्ट्री खोल्न सकिने पनि बताइन् ।

उनले भनिन् ‘काठमाडौं उपत्यकाको घर घरबाट प्रतिदिन १२ सय टन फोहोर निस्किन्छ । जसलाई करिब १५० टिपरले ल्याण्डफिल साइटमा डम्पिङ गर्नुपर्ने हुन्छ । म माननीय मन्त्रीजीलाई सोध्न चाहान्छु, के बञ्चरेडाँडाको ल्याण्डफिल साइटमा फोहोर डम्पिङ गरेर मात्र समस्या समाधान होला ? यसको दिगो व्यवस्थापनका लागि वैज्ञानिक प्रक्रिया अवलम्बन गर्ने मन्त्रालयको सोच छ कि छैन ? विगत १७ वर्षदेखि सरकारको अत्याचारका कारण सिसडोलबासी विभिन्न स्वास्थ्य समस्याबाट ग्रसित छन् । यस्ता समस्या बञ्चरेडाँडाका जनतामा दोहोरिन नदिन सरकारले आगामी वर्ष के–कस्ता कार्यक्रमहरु सञ्चालन गर्ने मन्त्रालयको योजना छ जानकारीको लागि अनुरोध गर्दछु । फोहोरबाट कम्पोष्ट मलको फ्याक्ट्री खोल्न सकिन्छ ।’

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago