आफ्नो निर्वाचन क्षेत्रमा गफमात्र गरेका गगनले मेयर बालेनको प्रशंसा गरे

काठमाडौँ: नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले काठमाडौँको फोहोर उठ्न थालेकामा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको प्रशंसा गरेका छन् । उनी काठमाडौँको क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद पनि हुन् ।

सामाजिक सञ्‍जालमा उनले फोहोरको यस्तै संकट आउन नदिन केही काम तत्काल र तदारुकताका साथ गर्नलाई सुझाएका छन् ।

शहरी विकास मन्त्रालयले गरेको सम्झौता कार्यान्वयन नहुनेमा गहिरो आशंका व्याप्‍त रहेको थापाले उल्लेख गरे । उनले सम्झौतालाई अक्षरस र समय सिमाभित्र कार्यान्वयन गर्नलाई सुझाव दिए ।

‘सरकारले गर्ने भनि निर्दिष्ट गरिएको काम यस पटक एक ठाँउमा पनि नचुकी भनिएकै समयभित्र गर्न शहरी विकास मन्त्रालय को निरन्तर तदारुकता जरुरी छ,’ उनले लेखेका छन्,’ सम्झौतामा लेखिएका केही काम शहरी विकास मन्त्रालयभन्दा अन्य मन्त्रालयको क्षेत्राधिकारभित्र पर्छ । ति मन्त्रालयले समयमा काम सम्पन्न गराउन कतिपय अवस्थामा प्रधानमन्त्री कार्यालयकै पहलकदमी चाहिन्छ ।’

सिसडोलको जग्गा अधिग्रहणको विषय यही आर्थिक वर्षमा टुङ्गाउनुपर्ने थापाले बताए । उनले कानून बमोजिम तोकिए अनुसार आर्थिक वर्षको बजेटमा पुग्दो रकम विनियोजनको व्यवस्था गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

फोहोर पठाउने अन्य सम्पूर्ण स्थानीय तहले महानगरसँग निरन्तर समन्वय गरेर काम गर्न आवश्यक रहेको उनले बताए । सिसडोलमा उपत्यकाको काठमाडौँ महानगरबाहेक अन्य १७ स्थानीय तहको फोहोर जाने गर्छ ।

Kamal Panthi

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago