काठमाडौँ: नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले काठमाडौँको फोहोर उठ्न थालेकामा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको प्रशंसा गरेका छन् । उनी काठमाडौँको क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद पनि हुन् ।
सामाजिक सञ्जालमा उनले फोहोरको यस्तै संकट आउन नदिन केही काम तत्काल र तदारुकताका साथ गर्नलाई सुझाएका छन् ।
शहरी विकास मन्त्रालयले गरेको सम्झौता कार्यान्वयन नहुनेमा गहिरो आशंका व्याप्त रहेको थापाले उल्लेख गरे । उनले सम्झौतालाई अक्षरस र समय सिमाभित्र कार्यान्वयन गर्नलाई सुझाव दिए ।
‘सरकारले गर्ने भनि निर्दिष्ट गरिएको काम यस पटक एक ठाँउमा पनि नचुकी भनिएकै समयभित्र गर्न शहरी विकास मन्त्रालय को निरन्तर तदारुकता जरुरी छ,’ उनले लेखेका छन्,’ सम्झौतामा लेखिएका केही काम शहरी विकास मन्त्रालयभन्दा अन्य मन्त्रालयको क्षेत्राधिकारभित्र पर्छ । ति मन्त्रालयले समयमा काम सम्पन्न गराउन कतिपय अवस्थामा प्रधानमन्त्री कार्यालयकै पहलकदमी चाहिन्छ ।’
सिसडोलको जग्गा अधिग्रहणको विषय यही आर्थिक वर्षमा टुङ्गाउनुपर्ने थापाले बताए । उनले कानून बमोजिम तोकिए अनुसार आर्थिक वर्षको बजेटमा पुग्दो रकम विनियोजनको व्यवस्था गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।
फोहोर पठाउने अन्य सम्पूर्ण स्थानीय तहले महानगरसँग निरन्तर समन्वय गरेर काम गर्न आवश्यक रहेको उनले बताए । सिसडोलमा उपत्यकाको काठमाडौँ महानगरबाहेक अन्य १७ स्थानीय तहको फोहोर जाने गर्छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…