काठमाडौँ: बन्दुकसम्बन्धी कडा कानूनको माग गर्दै अमेरिकामा दशौँ हजार मानिसले प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागीहरूले विभिन्न खाले नारा लगाएको बीबीसीले जनाएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडनले पनि प्रदर्शनलाई समर्थन गर्दै कंग्रेसलाई बन्दुक सम्बन्धी कडा कानुन ‘कमन सेन्स गन सेफ्टी लेजिसलेसन’ पास गर्न माग गरेका छन् । प्रदर्शनका बाबजुद पनि रिपब्लिकन्सले उक्त विधेयक खारेज गर्ने सम्भावना रहेको बताइएको छ ।
गत मे २४ तारिखमा टेक्ससको एक विद्यालयमा गोली चल्दा १९ बालबालिकासहित २१ जनाको मृत्यु भएको थियो । त्यसको केही दिनअघि न्यूयोर्कमा गोली चल्दा १० जना मारिएका थिए ।
जसका कारण हजारौँ मानिस सड्कमा उत्रिए र बन्दुकसम्बन्धी कडा कानुनको माग गरेको छन् । वासिङ्टन डिसी, न्यूयोर्क, लस एन्जलस तथा सिकागो जस्ता सहरमा प्रदर्शन भएका थिए ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…