प्रधानमन्त्रीको अमेरिका भ्रमण के हैसियतले हुँदैछ??

काठमाडौँ: प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता तथा सांसद प्रदीप ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्‍न अमेरिकी भ्रमणलाई लिएर प्रश्न उठाएका छन् । सांसद ज्ञवालीले आइतबारको संसद् बैठकको विशेष समयमा बोल्दै प्रधानमन्त्रीको अमेरिका भ्रमण प्रधानमन्त्रीको हैसियतले हुँदैछ वा रक्षा मन्त्रीको हैसियतले ? भन्ने प्रश्न गरेका छन् ।

‘प्रधानमन्त्रीको आसन्न भ्रमणको चाँजोपाँजोमा न अमेरिकाको स्टेट डिपार्टमेन्ट अग्रपंक्तिमा देखिन्छ न यहाँको परराष्ट्रमन्त्रालय,’ उनले भने, ‘भ्रमणको चाँजोपाँजो अमेरिकाको डिपार्टमेन्ट अफ डिफेन्सले र यहाँको रक्षा मन्त्रालयले मिलाइरहेको छ वा थाहा छैन । तर, सेना त्यसमा जोडिएको देखिन्छ । यो भ्रमणले एउटा गम्भीर प्रश्न उठाइरहेको देखिन्छ । यो भ्रमण प्रधानमन्त्रीको हैसियतले हुँदैछ वा रक्षा मन्त्रीको हैसियतले ? यस विषयमा सदनलाई जानकारी हुनुपर्छ ।’

सांसद ज्ञवालीले सत्ता घटकमध्येका एक प्रमुख सचेतकले समेत प्रधानमन्त्रीको आसन्न भ्रमणको विषयलाई लिएर गम्भीर प्रश्न उठाएको भन्दै प्रधानमन्त्रीलाई जवाफ दिन आग्रह गरे । ‘संसदीय व्यवस्थामा प्रमुख सचेतकको आवाजलाई आधिकारीक मानिन्छ,’ उनले भने, ‘सत्ता पक्षकै एउटा घटकले प्रधानमन्त्रीको भ्रमण रद्ध गरियोस भन्ने सम्म प्रश्न उठाउने विषय भनेको समान्य विषय हो जस्तो लाग्दैन ।’

उनले अगाडि भने, ‘यो विषयलाई कसरी बुझ्‍ने ? यो सत्ता गठबन्धनमा रहेको विवाद मात्रै भनेर बुझ्‍ने वा यो विषयसँग जोडिएका केही महत्वपूर्ण विषयहरू छन् जसमा सत्ता घटकहरूबीच छलफल चलिरहेको छ । र त्यो विषयलाई उठाउनुपर्ने आवश्यकता प्रमुख सचेतकले बोध गर्नुभयो । यो विषयमा सदन अनुरत्तिर रहन मिल्छ भन्‍ने मलाई लाग्दैन । सम्माननिय प्रधानमन्त्रीज्यूले यस विषयमा सदनलाई अविलम्ब जानकारी गराउनु आवश्यक छ ।’

सांसद ज्ञवालीले प्रमुख प्रतिपक्षलाई जानकारी नगराएको भन्ने विषयमा पनि सरकारसँग गुनासो गरे । भ्रमण कस्तो किसिमको रहेको भन्नेमा समेत जानकारी नरहेको उनको भनाइ छ । ‘छलफलका विषयहरू के हुन्,’ उनले भने, ‘त्यहाँ के कुनै समझदारीहरू हुँदै छन् ? हुँदैछन् भने के विषयमा हुँदैछन् ? यस विषयमा प्रमुख प्रतिपक्ष बेखबर छ ।’

Kamal Panthi

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago