पाल्पामा १० स्थानीय तहका २० जना मतदाता रहेका छन् ।
पाल्पा ।
जिल्ला समन्वय समिति पाल्पाको निर्वाचन आगामी असार ३ गते हुन लागेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गरेको सूचना अनुसार पाल्पामा असार ३ गते निर्वाचनको दिन तोकिएको हो ।
आयोगले कार्यतालिका अनुसार पाल्पामा जेठ ३१ गते मतदाताको नामवली प्रकाशन गर्ने, नामवली सच्याउने, संशोधित मतदामता नामवली प्रकाशन गर्ने, मतदाताको विरोधमा उजुरी दिने, मतदाताको विरोधमा परेको उजुरी उपर जाँचबुझ गर्ने, अन्तिम मतदाता नामवली प्रकाशन गर्ने छ । यस्तै असार १ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने, मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने, उम्मेदवारको विरोधमा उजुरी दिने, मनोनयनपत्रको जाँच र उजुरी उपर निर्णय गर्ने, उम्मेदवारीको नामवली प्रकाशन गर्ने, उम्मेदवारले नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामवली प्रकाशन गर्ने, उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने रहेको छ । यस्तै असार ३ गते मतदान गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालय तानसेनले जनाएको छ । पाल्पामा १० स्थानीय तहका २० जना मतदाता रहेका छन् ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…