प्रधानमन्त्रीको अमेरिका भ्रमण के हैसियतले हुँदैछ??

काठमाडौँ: प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता तथा सांसद प्रदीप ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्‍न अमेरिकी भ्रमणलाई लिएर प्रश्न उठाएका छन् । सांसद ज्ञवालीले आइतबारको संसद् बैठकको विशेष समयमा बोल्दै प्रधानमन्त्रीको अमेरिका भ्रमण प्रधानमन्त्रीको हैसियतले हुँदैछ वा रक्षा मन्त्रीको हैसियतले ? भन्ने प्रश्न गरेका छन् ।

‘प्रधानमन्त्रीको आसन्न भ्रमणको चाँजोपाँजोमा न अमेरिकाको स्टेट डिपार्टमेन्ट अग्रपंक्तिमा देखिन्छ न यहाँको परराष्ट्रमन्त्रालय,’ उनले भने, ‘भ्रमणको चाँजोपाँजो अमेरिकाको डिपार्टमेन्ट अफ डिफेन्सले र यहाँको रक्षा मन्त्रालयले मिलाइरहेको छ वा थाहा छैन । तर, सेना त्यसमा जोडिएको देखिन्छ । यो भ्रमणले एउटा गम्भीर प्रश्न उठाइरहेको देखिन्छ । यो भ्रमण प्रधानमन्त्रीको हैसियतले हुँदैछ वा रक्षा मन्त्रीको हैसियतले ? यस विषयमा सदनलाई जानकारी हुनुपर्छ ।’

सांसद ज्ञवालीले सत्ता घटकमध्येका एक प्रमुख सचेतकले समेत प्रधानमन्त्रीको आसन्न भ्रमणको विषयलाई लिएर गम्भीर प्रश्न उठाएको भन्दै प्रधानमन्त्रीलाई जवाफ दिन आग्रह गरे । ‘संसदीय व्यवस्थामा प्रमुख सचेतकको आवाजलाई आधिकारीक मानिन्छ,’ उनले भने, ‘सत्ता पक्षकै एउटा घटकले प्रधानमन्त्रीको भ्रमण रद्ध गरियोस भन्ने सम्म प्रश्न उठाउने विषय भनेको समान्य विषय हो जस्तो लाग्दैन ।’

उनले अगाडि भने, ‘यो विषयलाई कसरी बुझ्‍ने ? यो सत्ता गठबन्धनमा रहेको विवाद मात्रै भनेर बुझ्‍ने वा यो विषयसँग जोडिएका केही महत्वपूर्ण विषयहरू छन् जसमा सत्ता घटकहरूबीच छलफल चलिरहेको छ । र त्यो विषयलाई उठाउनुपर्ने आवश्यकता प्रमुख सचेतकले बोध गर्नुभयो । यो विषयमा सदन अनुरत्तिर रहन मिल्छ भन्‍ने मलाई लाग्दैन । सम्माननिय प्रधानमन्त्रीज्यूले यस विषयमा सदनलाई अविलम्ब जानकारी गराउनु आवश्यक छ ।’

सांसद ज्ञवालीले प्रमुख प्रतिपक्षलाई जानकारी नगराएको भन्ने विषयमा पनि सरकारसँग गुनासो गरे । भ्रमण कस्तो किसिमको रहेको भन्नेमा समेत जानकारी नरहेको उनको भनाइ छ । ‘छलफलका विषयहरू के हुन्,’ उनले भने, ‘त्यहाँ के कुनै समझदारीहरू हुँदै छन् ? हुँदैछन् भने के विषयमा हुँदैछन् ? यस विषयमा प्रमुख प्रतिपक्ष बेखबर छ ।’

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago