३४ अंकले घट्यो नेप्से, साढे १ अर्बको करोबार हुँदा एक उपसूचक बाहेक सबै रात्ताम्मे

काठमाडौं: आज पनि शेयर ३४ दशमलव ७८ अंकले घटेर २३८५ दशमलव ०२ को विन्दुमा कायम भएको छ । आज १३ वटा कम्पनीको मात्र शेयर मुल्य बढेको छ भने १७७ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज होटल एण्ड टुरिजम बाहेक सबै उपसूचक घटेका छन् ।

आज दिनभरिमा २३७ वटा कम्पनीको ३७ करोड ८३ लाख २४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५२ करोड ४३ लाख ६४ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन ठिष्टिलरीको शेयर कारोबार भएको छ । कम्पनीको ५ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, नविल बैंकको ४ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ३ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । निफ्राको ३ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ३१४ रुपैयाँ कायम भएको छ ।

त्यसैगरी आज सबैभन्दा धेरै नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । एनआइसी एशिया सेलेक्ट फण्डका इकाईधनीले ३ दशमलव ५३ प्रतिशतका दरले कमाएका छन् । प्राइम डिवेञ्चरका इकाईधनीले २ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै इमर्जिङ नेपालका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ६ दशमलव ५९ प्रतिशतका दरले गुमाएका हुन् ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago