अर्थमन्त्री शर्माले गभर्नर अधिकारीलाई ‘त्यो फटाहा’ भनेपछि…

काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार बालुवाटारमा गठबन्धनको बैठक डाके । अर्थतन्त्रमा देखिएको समस्या, केही दिनअघि मात्रै सुटुक्क हटाइएका राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र आगामी चुनावका बारेमा छलफल तथा त्यसका लागि आवश्यक रणनीति बनाउन बैठक डाकिएको थियो । सरकारका मन्त्रीसहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, समाजवादी र कांग्रेसका नेता उक्त बैठकमा उपस्थित थिए ।

अर्थमन्त्री जनार्दन शर्माको विशेष पहलमा केही दिनअघि मात्रै निलम्बनमा परेका गभर्नर महाप्रसाद अधिकारीको विषयले बैठकमा प्रवेश पाउनासाथ शर्माले अधिकारीलाई लक्षित गर्दै ‘त्यो फटाहा’ भन्ने तुच्छ शब्दावली प्रयोग गरेका के थिए, कांग्रेसका नेताहरुले उनको भनाइको प्रतिवाद गरे ।

‘गभर्नर हटाउनुपर्ने के त्यस्तो अवस्था आइलाग्यो ? केन्द्रीय बैंक र अर्थ मन्त्रालयबीच मनमुटाव हुन्छ । नेपालमा मात्रै होइन, संसारभर अर्थ मन्त्रालयसँग टसल परिरहन्छ । व्यक्तिगत इच्छा पूरा गर्न गभर्नरले सहयोग गरेनन् भनेर उनैलाई हटाइदिने ?’
कांग्रेस नेताहरुले अर्थमन्त्रीलाई प्रश्न तेस्र्याउन भ्याए । कांग्रेसका नेताले अर्थमन्त्रीमाथि प्रश्न उठाएपछि पूर्वअर्थमन्त्री वर्षमान पुनले पनि घुमाउरो पारामा समर्थन जनाएको बैठकमा सहभागी एक नेता बताउँछन् ।

अर्थतन्त्रको बाह्य क्षेत्र निरन्तर दबाबमा छ । विदेशी मुद्रा सञ्चिति जोगाउने सन्दर्भमा अर्थमन्त्री गम्भीर देखिएका छैनन् । अनावश्यक वस्तुको आयात रोक्न सरकारले कुनै पहलकदमी पनि लिएको छैन । यद्यपि यस्तो बेला गभर्नर अधिकारीले धेरथोर अर्थतन्त्र जोगाउने प्रयास गरिरहँदा उनैमाथि सांघातिक हमला हुनु उचित नभएको भन्दै बैठकमै अर्थमन्त्रीको चर्को आलोचना भयो ।

गभर्नरको विषयले बैठकमा प्रवेश पाएपछि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडु र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले यस विषयमा मन्त्रीपरिषदमा सामान्य छलफल मात्रै भएको कांग्रेस महामन्त्री गगन थापालाई सुनाइरहेका थिए ।

यस्तै अर्को मन्त्रीपरिषद् बैठकमा ‘थप छलफल गरौंला’ भनेर बीचमै विषयान्तर भइसके पनि पछि अचानक गभर्नर निलम्बनमा परेको खबर सुन्दा आफूहरु नै चकित भएको बताएका थिए । यसको अर्थ, मन्त्रीपरिषद् सदस्यलाईसमेत गभर्नर निलम्बनबारे सामान्य जानकारीसमेत थिएन । तर, त्यही दिन बेलुका अर्थमन्त्री शर्माले प्रधानमन्त्री देउवालाई भेटी गभर्नर अधिकारीले आफूलाई निरन्तर असहयोग गरेको, उनैका कारण अर्थतन्त्रमा समस्या देखिएको भन्दै कन्भिन्स गरेपछि देउवाले सोही दिनको मन्त्रिपरिषद् बैठकमा यो निर्णय गराए ।

त्यही कुरा गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले समेत सबै नेतालाई समेत जानकारी गराए । तर, कांग्रेसकै केही नेताले अर्थमन्त्रीको भरमा परेर गभर्नर निलम्बन गर्नु कदापि उचित नभएको भन्दै आपत्ति जनाएको बैठकमा सहभागी ती नेताले बताए । यस्तै चुनावको मुखमा प्रतिपक्ष दललाई हित पुग्ने गरी एकपछि अर्को विवादास्पद निर्णय गर्दा त्यसको प्रत्यक्ष असर चुनावमा पर्ने गठबन्धनका नेताको आँकलन छ ।

गठबन्धनको बैठकमा राज्यको ढुकुटीमा नगद अभाव भएको विषयले पनि प्रवेश पाएको थियो । तर, त्यसलाई कसरी बढाउने भन्ने विषयमा कुनै छलफल नभएको उनै नेताले जानकारी दिए । उनका अनुसार त्यहाँ अर्थतन्त्रको वर्तमान अवस्थाबारे सामान्य मात्रै छलफल भयो ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago