काठमाडौँ: यती वर्ल्ड अर्न्तगतको शेर्पा हस्पिटालिटी समूहले मोक्ष मुस्ताङ रिसोर्टमा रहेको मोक्ष होटललाई अन्तर्राष्ट्रिय स्तरको बनाउन बैंककको एचडीएमआई एसियासँग सम्झौता गरेको छ । अब मोक्ष मुस्ताङ लक्जरी ब्रान्ड कम्बोडीमा रहेको शिन्तामणी ब्रान्डबाट संचालनमा आउने भएको छ । शेर्पा समूहका अनुसार, शिन्तामणीले अब मोक्षको सम्पूर्ण व्यवस्थापकीय तथा सुधारको जिम्मेवारी सम्हाल्ने छ ।
२८ सय मिटर उचाइमा रहेको २९ कोठाको मोक्ष मुस्ताङलाई सन् २०२२ को अन्तिममा अतिथिहरुका लागि खुला गरिने छ । यो रिसोर्टले एक रातको बसाईको १५ सय डलर अर्थात १ लाख ८२ हजार रुपैयाँ दर तोकेको छ । हिमाली भेगमा साहसिक पदयात्रा तथा बौद्ध संस्कृतिबारे अन्वेषणमा जाने धनी पर्यटकहरुमाझ कालीगण्डकी किनारमा रहेको मोक्ष प्रख्यात छ । यो रिसोर्ट अन्नपुर्ण, धौलागिरी लगायतका हिमालले घेरिएको छ ।
शेर्पा हस्पिटालिटीले लुम्बिनीमा होक्के, चितवनमा कसारा, नाम्चेमा यति माउन्टेन होम लगायत सगरमाथा र अन्नपुर्ण क्षेत्रमा १७ वटा लक्जरी रिसोर्ट र लज संचालन गर्दै आएको छ । शेर्पा हस्पिटालिटी र एचडीएमआईबीच दुई महिनाअघि समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…