अब मुस्ताङको मोक्ष सिन्तामणीले चलाउने

२०७८, २९ चैत्र मंगलवार १२:२८

काठमाडौँ: यती वर्ल्ड अर्न्तगतको शेर्पा हस्पिटालिटी समूहले मोक्ष मुस्ताङ रिसोर्टमा रहेको मोक्ष होटललाई अन्तर्राष्ट्रिय स्तरको बनाउन बैंककको एचडीएमआई एसियासँग सम्झौता गरेको छ । अब मोक्ष मुस्ताङ लक्जरी ब्रान्ड कम्बोडीमा रहेको शिन्तामणी ब्रान्डबाट संचालनमा आउने भएको छ । शेर्पा समूहका अनुसार, शिन्तामणीले अब मोक्षको सम्पूर्ण व्यवस्थापकीय तथा सुधारको जिम्मेवारी सम्हाल्ने छ ।

२८ सय मिटर उचाइमा रहेको २९ कोठाको मोक्ष मुस्ताङलाई सन् २०२२ को अन्तिममा अतिथिहरुका लागि खुला गरिने छ । यो रिसोर्टले एक रातको बसाईको १५ सय डलर अर्थात १ लाख ८२ हजार रुपैयाँ दर तोकेको छ । हिमाली भेगमा साहसिक पदयात्रा तथा बौद्ध संस्कृतिबारे अन्वेषणमा जाने धनी पर्यटकहरुमाझ कालीगण्डकी किनारमा रहेको मोक्ष प्रख्यात छ । यो रिसोर्ट अन्नपुर्ण, धौलागिरी लगायतका हिमालले घेरिएको छ ।
शेर्पा हस्पिटालिटीले लुम्बिनीमा होक्के, चितवनमा कसारा, नाम्चेमा यति माउन्टेन होम लगायत सगरमाथा र अन्नपुर्ण क्षेत्रमा १७ वटा लक्जरी रिसोर्ट र लज संचालन गर्दै आएको छ । शेर्पा हस्पिटालिटी र एचडीएमआईबीच दुई महिनाअघि समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

Comments

ताजा खबर