जापानका नेपालीका समस्याप्रति थप जिम्मेवार बन्ने संघ-संस्थाहरुको प्रतिबद्धता ।

“सबैसँग कमीकमजोरी हुन्छन दूतावासका पनि होलान तर हामी सुधार्दै जानेछौ। दूतावासको काम जापानका नेपालीको सेवा गर्ने नै हो, पछिल्लो समय हामी विद्यार्थीका समस्याप्रति गम्भिर छौ”

टोकियो । जापानमा क्रियाशिल् सामाजिक संघ-संस्था तथा संगठनले जापानको नेपाली समाजप्रति थप जिम्मेवार बन्ने प्रतिबद्धता ब्यक्त गरेका छन ।

पत्रकार महासंघ जापान शाखाले आइतबार टोकियोमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा संघ संस्था तथा संगठनका जिम्मेवार ब्यक्तिहरुले यस्तो प्रतिबद्धता ब्यक्त गरेका हुन ।

“जापानमा सामाजिक संघ संस्थाहरुको बर्तमान अवस्था भविष्य तथा आपसी सहकार्य”बिषयमा पत्रकार महासंघ जापान शाखाले आयोजना गरेको उक्त कार्यक्रममा जापानमा क्रियाशिल् धेरै भन्दा धेरै संघ-संस्थाहरुको सहभागिता रहेको थियो ।

धेरैजसो सहभागिहरुले नेपाली समाजमा भएका समस्याहरु माथि ध्यानाकर्षण गराउदै सबै संस्थाहरुले समस्या समाधानका लागि आपसी सहकार्यमा जोड दिएका थिए ।

कार्यक्रममा बिशेषगरी धेरै सहभागिहरुले विधार्थीका समस्याहरु बढी भएको टिप्पणी गर्दै समस्या समाधानका लागि संस्थाहरुबीच आवश्यक सहकार्यका साथै सन्देशमुलक कार्यक्रमहरुको आयोजना गरिनुपर्नेमा जोडदिए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली दूतावासका कार्यबाहक राजदूत तथा उपनियोग प्रमुख अम्बिका जोशीले दूतावासले जापानवासी नेपालीका समस्या समाधानको लागि लागिपरेको बताउदै जापानका संघ संस्था संगको सहकार्यमा जोडदिनुभयो ।

“सबैसँग कमीकमजोरी हुन्छन दूतावासका पनि होलान तर हामी सुधार्दै जानेछौ। दूतावासको काम जापानका नेपालीको सेवा गर्ने नै हो, पछिल्लो समय हामी विधार्धीका समस्याप्रति गम्भिर छौ” जोशीले भन्नुभयो । दूतावास सँग
ईमेल, फोन , मोबाइल र फेसबुक मार्फत पनि सम्पर्क गर्न सकिने जानकारी पनि उहाले दिनुभयो ।

कार्यक्रममा पत्रकार महसंघका संस्थापक अध्यक्ष तिलक मल्ल , एनआरएनए जापानका अध्यक्ष शिव प्रसाद पौडेल , महासचिब सिद्धार्थ श्रेष्ठ लगायत अन्य संघ संस्था संगठनका प्रतिनिधिले पनि समसामयिक बिषयमा आ-आफ्ना धारणा राखेका थिए ।
कार्यक्रम जापानका पुर्व प्रधानमन्त्री स्वर्गिय शिन्जो आबेप्रति मौन धारण गरेर शुरु गरिएको थियो ।

bhabindra gautam

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago